केन्द्रीय कमिटीको आकार घटाउँदै माओवादी, २५१ सदस्यीय बनाउनेबारे छलफल – Nepal Press

केन्द्रीय कमिटीको आकार घटाउँदै माओवादी, २५१ सदस्यीय बनाउनेबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यको पहिलेको भीमकाय संख्या घटाउँदै ३०० भन्दा कममा झार्ने भएको छ। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी बन्नुअघि माओवादी केन्द्रमा झण्डै ४ हजार सदस्यीय केन्द्रीय कमिटी थियो।

सर्वोच्च अदालतले नेकपा खारेजीसँगै माओवादी केन्द्र ब्युँताएपछि केन्द्रभित्र संगठन संरचनाको छलफल शुरू भएको हो । केन्द्रीय सदस्य हिमाल शर्माले आजको केन्द्रीय कमिटी बैठकमा संख्या ३०० भन्दा बढी नबनाउनेबारे छलफल भएको बताए ।

उनले सबैलाई मध्यनजर गर्दा २५१ जनाको केन्द्रीय कमिटी बन्ने अवस्था रहेको नेपाल प्रेसलाई जानकारी दिए।

‘धेरै ठूलो संख्या अहिले नबनाउने भन्ने छ, ‘२ सय ५१ बनाउने कि भन्ने छ । कसैले २ सयबाट पनि घटाउनुपर्छ भन्ने सुझाव राख्नुभयो । मेरो विचारमा २५१ हुन्छ । किनभने छुटेका साथीहरुलाई पनि समावेश गनुपर्‍ यो। अरु पार्टीबाट पनि ध्रुवीकृत भएर आउनेवाला हुनुहुन्छ, उहाँहरूका लागि पनि छुट्याउनुपर्‍यो ।’

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि केन्द्रीय कमिटी संख्या ३०० भन्दा धेरै नबनाउने बताएको शर्माले जानकारी दिए।

२०७५ जेठ ३ मा नेकपा एमालेसँग एकता गर्दा ४४५ सदस्यीय केन्द्रीय कमिटीमा माओवादी केन्द्रको भागमा २०० केन्द्रीय सदस्य परेका थिए । अहिले त्यही संख्यामा थोरै संख्या थप्ने मनस्थितिमा माओवादी केन्द्र पुगेको हो ।

आजको बैठकमा करिब १८५ जना सहभागी भएका थिए। १० जना बैठकमा अनुपस्थित रहे । एकतापछि ५ जना केन्द्रीय सदस्यको मृत्यु भएको छ ।

पदाधिकारी कति बनाउने भन्नेबारे भने कुनै टुंगोमा माओवादी पुगेको छैन । यसबारे शर्माले भने, ‘अहिले यसबारे छलफल नै भएको छैन । संगठनात्मक संरचनाबारेको एजेण्डामा पुगिएकै छैन् । त्यसबारे भोलि छलफल हुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर