पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा खातीको उम्मेदवारी घोषणा – Nepal Press

पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा खातीको उम्मेदवारी घोषणा

डेनमार्क- नेपाल पत्रकार महासंघ युरोप शाखाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा पत्रकार महेशकुमार खातीले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै उनले अध्यक्ष पदमा उम्मेदवारी दिएको घोषणा गरेका हुन् । उनले भने- पत्रकारिता आफैमा परिवर्तनको संवाहक हो र पत्रकारिताले परिवर्तनको आवाज उठाउँछ । अवको नयाँ कार्यसमितिमा म अध्यक्षमा उठ्नेछु ।’

महासंंघको वर्तमान सचिव समेत रहेका खातीले युरोपमा नेपाली पत्रकारिताको श्रीवृद्दि गर्न आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । ‘पत्रकारितालाई मर्यादित तुल्याउनु मेरो दायित्व हुनेछ’ उनले भनेका छन् ।

सबै अग्रज र समकालीन साथीहरु मिलेर अघि बढ्न र युरोपमा कार्यरत पत्रकारलाई गोलबद्ध बनाई संस्थागत हितलाई प्रबन्धन गरि अगाडी बढाउन प्रयत्न गर्ने उनले जनाए ।

निर्वाचनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका प्रतिनिधि चिरन शर्मा, निर्वाचन समितिका संयोजक राजेश चाम्लिङ राई र सदस्यहरु, पर्यवेक्षक नरेश खपांगी मगरलाइ जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *