एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक चैत चार गते
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2021/03/yamlal-kadel.jpg)
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठक चैत चार गतेका लागि डाकिएको छ । पार्टीको प्रदेश इन्चार्जसमेत रहेका एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले चार गतेका लागि बैठक डाकेका हुन् ।
नेकपा एमालेका प्रमुख सचेतक एवम कर्णाली प्रदेश अध्यक्ष ग्लावजंग शाहले एमालेका सबै प्रदेशसभा सदस्यलाई बैठकमा उपस्थितिका लागि खबर गरिएको जानकारी दिए ।
‘हामीलाई म्यासेजमार्फत् वैठक बस्ने भन्ने जानकारी आएको छ ।’ उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले भने, ‘दिउँसो एक बजेका लागि बैठकमा उपस्थित हुन खबर आएको हो ।’
उक्त दिन एमालेको माधव नेपाल समूहले भने काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको छ । उक्त पक्षका अधिकांश सांसद भेलामा सहभागी हुन काठमाडौं गइसकेका छन् ।
काठमाण्डाै गएकाहरु पनि अाउनु हुन्छ हाेला