१४ वर्षपछि हुँदैछ बिपनाको कमब्याक, भन्छिन्- चाँडै मेरा दर्शकमाझ आउँछु – Nepal Press

१४ वर्षपछि हुँदैछ बिपनाको कमब्याक, भन्छिन्- चाँडै मेरा दर्शकमाझ आउँछु

काठमाडौं- कुनै समय थियो मुलुककै नम्बर एक फिल्म अभिनेत्रीको रुपमा बिपना थापा चर्चित थिइन् ।

विहेपछि उनी फिल्म क्षेत्रबाट ओझेलमा परिन् । १४ वर्षपछि पुनः उनी शनिबार नेपाली फिल्मको सार्वजनिक मञ्चमा देखा परिन् र नतमस्तक रुपमा प्रस्तुत भइन् ।

दशौं नेफ्टा फिल्म अवार्डको मञ्चमा बिपनाको सौन्दर्य खुलेको थियो । रातो आउटफिटमा खुलेकी बिपनाको फेसन कन्ससको प्रशंसा निकै भयो । मंचमा उत्रिएर उनले भावना मात्र राखिनन् अवार्डमा विजयीलाई पुरस्कार पनि बाँडिन् ।

बोल्दै गर्दा उनका आँखा रसाए । भनिन्, ‘१४ वर्षपछि मलाई चलचित्र क्षेत्रले सम्झिएको छ । यो बेलासम्म मलाई कसैले पनि याद गरेन । कुनै बेला १११ वटा फिल्ममा काम गरेर दर्शकको माया पाएकी थिएँ । तर, आज मलाई चलचित्र क्षेत्रले सम्झँदा खुशि लागेको छ ।’

यसो भनिरहँदा उनका आँखा हर्षका आँसुले भरिए । उनले अगाडि भनिन्, ‘सायद म नेपालमा नभएर पनि होला मलाई याद गरिएन । तर, मेरा प्राविधिकहरुले मलाई सम्झिएका छन् । आज आफ्नै घरमा आएको महसुस भएको छ ।’

आफू चाँडै नै चलचित्र क्षेत्रमा फर्कने तयारीमा रहेको उनले बताइन् । कोरोना महामारी अगाडि नै फिल्ममा काम गर्ने तयारी पनि अवरुद्ध भएको उनले बताइन् । ‘अब त्यो काम अगाडि बढ्छ र दर्शकमाझ आउँछु’ उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर