माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, एमालेमा गएका नेतामाथि कारबाही हुनसक्ने – Nepal Press

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, एमालेमा गएका नेतामाथि कारबाही हुनसक्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्न लागेको केन्द्रीय सदस्य गणेश पुनले जानकारी दिए।

बैठकले पार्टीको संगठन निर्माण, नेता कार्यकर्ताको व्यवस्थापन र जिम्मेवारीलगायतका बारेमा आवश्यक निर्णय गर्ने बताइएको छ।

यस्तै बैठकले माओवादी केन्द्रमा नफर्किएका नेताहरूका विषयमा पनि निर्णय गर्नेछ।

यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

एमालेमा लागेका नेताहरूलाई दल त्याग गरेको हो वा के हो ? त्यसका सम्बन्धमा २४ घन्टाभित्र स्पष्टीकरण दिन पनि माओवादी केन्द्रले निर्देशन दिएको थियो।

ती नेता कार्यकर्ताको स्पष्टीकरण नआएमा उनीहरूलाई आजको बैठकबाट उनीहरुमाथि कारबाही हुनसक्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर