राष्ट्रिय दलित पत्रकार संघको नेतृत्वमा पहाडीकै निरन्तरता – Nepal Press

राष्ट्रिय दलित पत्रकार संघको नेतृत्वमा पहाडीकै निरन्तरता

रुपन्देही । राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा जारी प्रथम अधिवेशनले विनोद पहाडीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । पहाडी संघको संस्थापक अध्यक्ष हुन् ।

अधिवेशनले वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, खुल्ला उपाध्यक्ष मिलन परियार, महिला उपाध्यक्ष कमला रसाइली, प्रदेश उपाध्यक्षमा पर्वत पोर्तेल, भोला पासवान, बुद्धि बिश्वकर्मा दीपक परियार, विनोद परियार, टेकेन्द्र बिश्वकर्मा र करन ताम्राकार सर्वसम्मत चयन गरेको छ । महासचिवमा लक्ष्मण दर्नाल सर्वसम्मत भएका छन् भने सचिवहरूमा सन्तोष गन्धर्व, रिता बुढाथोकी, बिरु नेपाली चयन भएका छन् ।

कोषाध्यक्ष भीमबहादुर घिमिरे निर्वाचित भएका छन् । संघमा पदाधिकारीसहित ४१ सदस्यीय केन्द्रिय कमिटी रहेका छन् । त्यस्तै अधिवेशनले ३ सदस्यीय अनुशासन आयोगसमेत गठन गरेको छ ।

केन्द्रीय सदस्यमा खुल्लातर्फ अम्मर सुनार, राधेश्याम बिक, प्रमिण गजमेर, प्रेम सुनार, सरिता बराइली, मानसिङ बिक, पीवी दियाली, फुलु सुनार, सन्जय सौगात, राजेश सुनाम, वसन्त बिक, भीमबहादुर नेपाली गन्धर्व, राजन गाउले, वसन्त बिश्वकर्मा, किशान संगीत नेपाली चयन भएका छन् ।

महिला सदस्य पूर्णिमा जनला, राधा नेपाली, अनिता कुमारी, सुनिता नेपाली, शान्ति गज्मेर र मालती बिक चयन भएका छन् । नवनिर्वाचित केन्द्रिय समितिलाई निर्वाचन मण्डलका अधिवक्ता मोहनशंकर सुन्दर गहतराज, खिमलाल भुसाल, वरिष्ठ पत्रकार उमिद बागचन, नेपाल पत्रकार महासंंघका केन्द्रिय सचिव रेम बिश्वकर्मा, पत्रकार बिष्णुप्रसाद भुसालले बधाई तथा शुभकामना दिएका थिए ।

यसअघि शनिबार पत्रकारिताका विभिन्न बिषयमा छलफल भएको थियो । आम सञ्चारमा लैंगिकता र सामाजिक समावेशिकरणका सवालमा विभिन्न बिषयमा छुटाछुट्टै बिषयमा छलफल गरिएको हो ।

आन्तरीक मामिला मन्त्रालयसँगको सहकार्यमा आमसञ्चार क्षेत्रमा लुम्बिनी प्रदेश सरकारले बनाएका कानून तथा सन्चालन गरेका कार्यक्रमका बारेमा छलफल गरिएको छ ।

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै आन्तरीक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सञ्चार सम्बन्धी एकीकृत कानून निर्माणमा जुटेको बताए । उनले कानून निर्माणका सवालमा छलफलको दायरा अझ फराकिलो बनाउने समेत प्रतिबद्धता जनाए । उनले कानुन परिवर्तनीय विषय भएकाले त्यसमा त्रुटि भए सच्चाउने बताए ।

कार्यक्रममा सचिव रविलाल पन्थले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले प्रदेश सरकारसँग प्राविधिक जनशक्तिको अभावका कारण काम गर्नमा समेत कठिनाई भएको बताए । उक्त अवसरमा नेपाल पत्रकार महासंघका सचिव रेम विश्वकर्माले सरकारले दिने अनुदान तथा अन्य सुुविधा सामाजिक बनोट अनुसार गर्न सुुझाव दिए ।

कार्यक्रममा नागरिक दैनिकका लुम्बिनी प्रदेश प्रमुख रेखा भुसालले प्रदेश सरकारले सञ्चार कानुन निर्माणमा जनसहभागिता बढाउन सुुझाव दिइन । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय पूर्व उपसभापति उमिद बागचन्द, संघका अध्यक्ष विनोद पहाडी लगायतले बोलेका थिए ।

यसैगरी मिडियामा महिला र दलित महिलाका बिषयमा सञ्चारीका समूहका पूूर्व अध्यक्ष पत्रकार निर्मला शर्माले महिला पत्रकारलाई अझै पनि समाजले स्वीकार गर्न नसकेको बताइन । आमसञ्चारमा समावेशिताको सवालका बारेमा बोल्दै लेखक तथा अनुसन्धानकर्ता जेवी विश्वकर्माले दलितका सवालमा परिभाषा नै गलत भएको दावी गरे ।

आमसञ्चार र दलित युवाका सवालमा दलित आन्दोलनका नेताहरु पर्शुराम रम्तेल, गणेश नेपाली, मोतीलाल नेपाली लगायतले बोलेका थिए । राष्ट्रिय महाधिवेशनका सवालमा देशैभरका पत्रकारहरुले छलफलमा भाग लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *