दधिराम खरेल पश्चिम नेपाल बस व्यवसायी प्रालीको अध्यक्ष बन्ने पक्का – Nepal Press

दधिराम खरेल पश्चिम नेपाल बस व्यवसायी प्रालीको अध्यक्ष बन्ने पक्का

रूपन्देही । बामपन्थी समूहको नेतृत्व गर्दै सन्चालक समितिमा आफ्नो पक्षमा बहुमत सदस्य जितेपछि दधिराम खरेल पश्चिम नेपाल बस ब्यवसायी प्रालिको आगामी अध्यक्ष बन्ने निश्चित भएको छ ।

शनिबार भएको ११ सदस्यीय सन्चालक समितिको निर्वाचनमा दधिराम समूहबाट उनीसहित जीवनकुमार बन्जाडे, रामचन्द्र भुसाल, मोहन पीएस, चेतनारायण बेल्बासे, नारायणप्रसाद घिमिरे, गोपाल पौडेल र कृष्णप्रसाद सापकोटा (सागर) गरी ८ जना विजयी भए । प्राजातान्त्रिक समूहबाट नेता पदमराज गाहासहित कृष्णप्रसाद पाण्डे र सुरेन्द्र श्रेष्ठ विजयी भए ।

२०२६ सालमा स्थापना भएको पश्चिम नेपाल बस ब्यवसायी संघ सरकारले नवीकरण नगरेपछि २०७६ सालमा प्रालिमा रुपान्तरण भएको हो ।

प्रालीमा ११ जना सन्चालक समिति रहने व्यवस्था छ । निर्वाचनबाट सन्चालक समिति चयन भएपछि समितिले नै अध्यक्ष चुन्ने प्रावधानअनुसार खरेल अध्यक्ष बन्ने लगभग निश्चित बनेको हो ।

नेपालकै ठूलो बस व्यवसायी संस्थाको रुपमा रहेको यो प्रालीका करिव २ हजार ६ सय बस सन्चालनमा छन् । २ हजार ३ सय ९६ व्यवसायी मतदाता रहेकोमा शनिबारको निर्वाचनमा २ हजार ८६ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर