मेयर कप फाइनल: एपीएफविरुद्ध सुनिल धमलाको अर्धशतक! – Nepal Press

मेयर कप फाइनल: एपीएफविरुद्ध सुनिल धमलाको अर्धशतक!

काठमाडौं । काठमाडौं मेयर कप २०७७ मा एपीएफ क्लबविरुद्ध १०६ रनको विजय लक्ष्य पछ्याइरहेको नेपाल पुलिस क्लबका ओपनर सुनिल धमलाले अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा पुलिसका लागि ओपनिङमा आएका सुनिलले ७६ बलमा ६ चौका र २ छक्कासहित ५० रन पूरा गरेका हुन् ।

एपीएफविरुद्ध जित नजिक पुगेको पुलिसले २३.३ ओभरमा २ विकेट गुमाएर १०० रन बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर