सलमान खान स्टारर ‘राधे’ बैशाख ३० गते रिलिज हुने, पोस्टर लन्च – Nepal Press

सलमान खान स्टारर ‘राधे’ बैशाख ३० गते रिलिज हुने, पोस्टर लन्च

काठमाडौं- सलमान खान स्टारर प्रतीक्षित बलिउड फिल्म ‘राधे : योर मस्ट वान्टेड भाइ’ बैशाख ३० गते रिलिज हुने भएको छ ।

सलमानले सामाजिक संजालमा फिल्मको नयाँ पोस्टर रिलिज गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । मुस्लिम धर्मावलम्वीको पर्व इदको अवसरमा विहिबार रिलिज हुने फिल्मले भारतमा ४ दिनको बिदा प्राप्त गर्नेछ ।

सलमानसहित दिशा पटानी, रणदीप हुडा र ज्याकी श्रोफको प्रमुख भूमिका रहेको छ । पोस्टरमा सलमानलाई एक्सन अवतारमा देख्न सकिन्छ । सलमान खान फिल्मस र जी स्टुडियोले मिलेर निर्माण गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर