भानुभक्त ढकाल भन्छन्– मन माओवादीमा, शरीरमात्र एमालेमा भएकालाई पनि बैठकमा बोलाइएको छ (भिडियो) – Nepal Press

भानुभक्त ढकाल भन्छन्– मन माओवादीमा, शरीरमात्र एमालेमा भएकालाई पनि बैठकमा बोलाइएको छ (भिडियो)

सुर्खेत । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् संस्कृति, नागरिक उड्डयन र पर्यटन मन्त्री भानुभक्त ढकालले एमाले च्यूत भएका र मनले एमाले नभएकालाई समेत उदारतापूर्वक आगामी केन्द्रीय कमिटी बैठकमा बोलाइएको बताएका छन् ।

शनिबार वीरेन्द्रनगरमा एमालेका अगुवा नेता–कार्यकर्ता भेलामा ढकालले शुक्रबार बसेको वैठकले माओवादी केन्द्रबाट आएका इमान्दार नेता कार्यकर्तालाई जिम्मेवारी दिइएको र मन माओवादीमा रहेका तर एमालेमा शरीरमात्र लिएर आएकालाई केही नगरिएको बताए ।

‘हिजोको बैठकबाट हामीले विधान संशोधन गरेका छौं । महाधिवेशन आयोजक कमिटी बनेको खण्डमा अध्यक्ष र महासचिव मात्रै राख्ने व्यवस्था गरेका छौं । एमाले सम्झिरहनेहरुको पद केही गरेका छैनौं ।’ ढकालले भने ‘एमाले च्यूत भएका, मनमा एमाले भएका र सर्वोच्च अदालतले एमाले बनाइदिएका सबैलाई बोलाएका छौं । उहाँहरु पनि चैत ७ गतेको बैठकमा भाग लिन आउनुहुन्छ भन्ने आशा राखेका छौं ।’

उनले माधव नेपाल पक्षका नेता कार्यकर्तालाई ज्वरो आएको र सातमा ज्वरो सेलाएपछि पार्टी वैठकमा आउने र पार्टी काममा लाग्ने विश्वास व्यक्त गरे ।

ढकालले भने– ‘हामीलाई कोही मान्छे गइदिए हुन्थ्यो भन्ने कामना छैन । जहाँसम्म मान्छेले रिस उठेको बेला समानान्तर कमिटी गठन गर्छु, यो गर्छु भनेर ज्वरो आएको बेला खोकी लागे जसरी बर्बराइरहेका छन् । त्यसको अहिले एक खालको स्वतन्त्रता दिइएको छ । एमालेमा रहने हो भने अनुशासनमा बस्नुपर्छ । हिजोको जसरी एमाले चल्दैन । अब पार्टी फर्ममा चल्छ । म यो गर्न दिन्नँ भनेर भन्न दिइने अवस्था छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर