केन्द्रीय कमिटी बैठकअघि माधव नेपाल पक्षको स्थायी कमिटी बैठक – Nepal Press

केन्द्रीय कमिटी बैठकअघि माधव नेपाल पक्षको स्थायी कमिटी बैठक

काठमाडौं । केन्द्रीय कमिटी बैठक बस्नुअघि नेकपा एमालेको माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको छ ।

बानेश्वरस्थित अर्याल होटलमा केन्द्रीय कमिटीको एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसेको बताइएको छ ।

माधव नेपाल पक्षले शुक्रबार साँझ स्थायी कमिटी बसेर अध्यक्ष ओलीलाई टक्कर दिन पार्टीको समानान्तर कमिटी गठन गर्ने निर्णय गरिसकेको छ ।

नेकपा एमालेले शुक्रबार माधव पक्षलाई थाहै नदिइ महाधिवेशनको मिति तोक्नेदेखि विभिन्न कमिटी पुनर्गठन एवम् विस्तार गरेपछि विवाद बढेको छ ।

नेपाल पक्षले अध्यक्ष ओलीले पेल्न खोजेको निष्कर्ष निकाल्दै त्यसको सशक्त प्रतिवाद गर्ने बताएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *