माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै – Nepal Press

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ११ बजे बस्ने बैठकमा शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कमिटी पुनर्गठन तथा विस्तार र महाधिवेशनको मिति तोकिएको बारे छलफल हुने बताइएको छ ।

शुक्रबार साँझ बसेको उक्त पक्षको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक तय गरेको हो । माधव नेपाल पक्षले शुक्रबारै अध्यक्ष ओलीलाई टक्कर दिन पार्टीको समानान्तर कमिटी गठन गर्ने निर्णय गरिसकेको छ ।

नेकपा एमालेले शुक्रबार माधव नेपाल पक्षलाई थाहै नदिइ महाधिवेशनको मिति तोक्नेदेखि विभिन्न कमिटी पुनर्गठन एवम् विस्तार गरेपछि विवाद बढेको छ ।

नेपाल पक्षले अध्यक्ष ओलीले पेल्न खोजेको निष्कर्ष निकाल्दै त्यसको सशक्त प्रतिवाद गर्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर