माओवादी छाडेर सांसद रेग्मी एमालेको प्रदेश सचिव – Nepal Press

माओवादी छाडेर सांसद रेग्मी एमालेको प्रदेश सचिव

सुर्खेत । माओवादी केन्द्रका नेता एवम् कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी एमालेको प्रदेश सचिव भएका छन् । शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले रेग्मीलाई प्रदेश सचिवको जिम्मेवारी दिएको हो ।

बैठकले प्रदेश कमिटी इन्चार्जमा नेता यमलाल कँडेल, सह इन्चार्जमा गोरख बोगटी, प्रदेश अध्यक्षमा गुलाबजंग शाह र सचिवमा रेग्मीलाई मनोनित गरेको हो ।

एमाले र माओवादी मिलेर बनेको नेकपामा कँडेल सह–इन्चार्ज थिए भने बोगटी प्रदेश अध्यक्ष थिए ।

रेग्मी माओवादी केन्द्रबाट चुनाव जितेका सांसद हुन् । उनले दैलेख १ (क)बाट चुनाव जितेका हुन् । अब कर्णाली प्रदेशसभामा माओवादीका १२ सांसद हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर