ओली हटाएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनु हाम्रो ध्येय : शशांक (भिडियो) – Nepal Press

ओली हटाएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनु हाम्रो ध्येय : शशांक (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु रहेको बताएका छन् ।

शुक्रबार नेपाल शिक्षक संघ वागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले यसका निम्ति मधेसवादी दलहरूसँग छलफल चलिरहेको बताए ।

कोइरालाले भने, ‘नेपाली कांग्रेस पर्ख र हेर अवस्थामा छ । आजपनि मधेशी पार्टीहरूसँग छलफलको क्रम चलिरहेको छ । अहिले हाम्रो मुख्य ध्येय के हो भने ओली सरकारलाई हटाएर एउटा नयाँ सरकारको गठन गर्नुपर्छ । जसको नेतृत्व नेपाली कांग्रेसले गरोस् भन्ने मनसाय हाम्रो छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर