रौतहटको महादेव मन्दिरमा मधानी महायज्ञ – Nepal Press

रौतहटको महादेव मन्दिरमा मधानी महायज्ञ

गौर। रौतहटको मौलापुर नगरपालिका-५, पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा मधानी महायज्ञ आयोजना गरिएको छ ।

शिवरात्री पर्वको अवसरमा आयोजना गरिएको सो महायज्ञको बिहीबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गरे । उद्घाटन समारोहअघि उपप्रधानमन्त्री पोखरेल र प्रदेश प्रमुख राजेश झाले मन्दिरमा विशेष पूजा गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले गौतम बुद्धको जन्मभुमि लुम्बिनी र भगवान सीताको जन्मस्थल जानकी मन्दिरजस्तै मौलापुर प्राचीन महादेव मन्दिर विश्वस्तरमै नेपालको पहिचानको रूपमा खडा हुने बताए । उनले मौलापुर प्राचीन महादेव मन्दिरलाई विश्व सम्पदामा सुचीकृत गराउन सरकारले काम थाल्ने जानकारी दिए ।

शहरी विकास मन्त्री प्रभु साहले सो ऐतिहासिक महादेव मन्दिर र आसपासको स्थानको बारेमा थप अध्ययन, अनुसन्धान तथा खोजमा जोड दिए ।

मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले सो मन्दिरको थप उत्खनन र संरक्षण गर्दै विश्व सम्पदा सूचिमा सूचिकृत गर्न र विश्वकै एक नमूना धामको रूपमा विकास गर्न ध्यानाकर्षण गराइन्।

महायज्ञ तथा मेला हेर्न नेपाल र भारतका ३ लाखभन्दा बढी श्रद्धालु भक्तजनको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

सो कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा, नेपाल सरकारका शहरी विकास मन्त्री प्रभु साह, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलगायतका नेता तथा जनप्रतिनिधि सहभागी थिए ।

केही वर्षअघि पतौरामा जग्गा उत्खनन गर्दा ११औं शताब्दीअघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातात्विकविद्हरूलाई स्थलगत अध्ययन पश्चात गत वर्षदेखि सो स्थानमा मधानी महायज्ञको शुरूआत गरिएको हो ।

सो मन्दिर क्षेत्रमा कर्णाटकाल भन्दा पहिलेको अवषेशहरु भेटिएको र नेपालको पुरातत्व विभागको टोलीले सो स्थानमा उत्खनन अन्य ऐतिहासिक तथ्यहरु पनि फेला परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर