कहिले सकिएला कर्णालीको महामारी ? – Nepal Press

कहिले सकिएला कर्णालीको महामारी ?

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सक दूर्गा थापा कोभिड महामारीका बेला फुर्सदै पाइनन् । महामामारीको ग्राफ बढिरहेको बेला प्रदेश अस्पतालमा भर्ना हुने संक्रमितको संख्या उस्तै थियो । तर, जनशक्ति सीमित ।

सीमित जनशक्तिबाटै अस्पतालको जिम्मेवारी धान्नुपर्दा डा. थापाले कहिले त २४ घन्टासम्मै अनवरत काममा खटिनुप¥यो । जिम्मेवारीमै रहेकाबेला उनलाई कोभिड पोजेटिभ पनि भयो । भन्छिन्, ‘सीमित कर्मचारीबाट काममा खटिएका थियौं । सबै ‘इन्फेक्टेड’ पनि भयौं । त्यसमध्ये एकजना वरिष्ठ चिकित्सक त हामीले गुमाउनु प¥यो ।’

तर, कर्णाली प्रदेश अस्पतालले यसरी सीमित कर्मचारीमा चापाचाप भएर काम गरेको यो पहिलो उदाहरण भने होइन । ४ आईसीयू भएको अस्पतालमा अहिलेमात्रै जुनसुकैबेला पनि त्यस्तै भिड रहने डा. थापाको अनुभव छ ।

बिहीबारदेखि सुरु भएको कर्णाली उत्सवको ‘कहरी शुकालो होला, कइले जाला कैठ ?’ (सुख कहिले आउँछ, कर्णालीबासीको कष्ट कहिले जान्छ ?) सेसनमा डा. थापाले कर्णालीको स्वास्थ्यवस्थाबारे बेलिबिस्तार लगाइन् ।

‘म कार्यरत अस्पतालमा पाठेघर खसेको समस्या लिएर वृद्ध महिलाहरु आउनुहुन्छ,’ थापाले भनिन्, ‘उहाँहरुलाई पनि ससाना केटाकेटीले लिएर आएका हुन्छन् । स्वास्थ्य र सरसफाइ एकदमै खराब हुन्छ । यसबाटै उहाँहरुबाटै कर्णालीको स्वास्थ्य अवस्था चित्रण हुन्छ ।’

कर्णालीका धेरै भूभाग विकट क्षेत्रमा पर्ने र साधारण बिरामी हुँदा पनि प्राथमिक उपचार पाउन नसकेर ज्यानै गुमाउनु पर्ने स्थिति रहेको सेसनमा उपस्थित वक्ता कर्णालीको चित्रण गरे ।

‘केही रोगहरु निशुल्क पाउने व्यवस्था छ । तर, हुम्ला, जुम्लाको मान्छे काठमाडौं गएर त्यो उपचार लिन सक्ने अवस्था छैन,’ जनस्वाथ्यविद् सुरेश तिवारीले भन्छन्, ‘निशुल्क रुपमा पाइने सय रुपैयाँको स्वास्थ्योपचारका लागि कर्णालीबासीले ६० रुपैयाँ खर्च गर्नुपर्छ । अरु उपचारको अवस्था के होला ?’

कर्णालीका विकट ठाउँमा बस्ने जनताहरु विरामी सुर्खेत आउँदा नै ३, ४ दिन लाग्ने त्यतिबेलासम्म अवस्था खराब भइसक्ने डा. थापा बताउँछिन् । उनले अशिक्षाको कारणले पनि उनीहरु आफ्नो स्वास्थ्यबारे चासो नराख्ने पाइएको उनले सुनाइन् । ‘यहाँका महिलाहरु अझै पनि बाहिर निस्कन सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘श्रीमान वा अर्को आफन्त लिएर आउँछन् । उनीहरुका अगाडि यहाँ दुख्याछ, त्यहाँ दुख्याछ भन्न सक्दैनन् ।’

आधारभूत स्वाथ्यलाई नै गाउँघरमै व्यापक रुपमै विस्तार गर्न सकियो भने कर्णाली ९० प्रतिशत रोगमा कमी आउने जनस्वाथ्यविद् तिवारीको भनाइ छ । जनस्वाथ्यलाई व्यापक बनाउन प्राथमिक स्वाथ्यलाई नै घरदैलोमा पुर्‍याउन सकिने उनले बताए । ‘जनस्वास्थ्य मापदण्ड राम्रोसँग पूरा ग¥यौं भने मात्रै पनि ९० प्रतिशत रोगमा कमी आउने देखिन्छ,’ उनले भने ।

संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले अस्पतालभन्दा स्वाथ्यलाई महत्व दिनुपर्ने बताए । उनले अस्पतालमा लगानी बढ्दैमा त्यसले स्वास्थ्य अवस्था सुधार भएको भने मान्न नसकिने बताए । उनले भने, ‘अस्पताल भनेको नाफामुखी हो । अस्पतालमा हुने सुविधामात्रै स्वास्थ्य होइन । अस्पताल केन्द्रित अस्पताल बनाउँदैमा स्वास्थ्य आउँदैन,’ उनले भने ।

कार्यक्रमका वक्ताहले शिक्षालाई विस्तार नगर्दासम्म कर्णालीको स्वास्थ्य अवस्था फेरिन नसने बताए । संघीयतापछि कर्णालीको स्वास्थ्यमा सुधार आइरहेको र सरकारले पनि पछिल्ला समयमा राम्रो लगानी गर्न थालेको डा. तिवारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *