माधव नेपाल समूहको स्थायी कमिटी बैठक, को को छन् सदस्य ? – Nepal Press

माधव नेपाल समूहको स्थायी कमिटी बैठक, को को छन् सदस्य ?

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले केन्द्रीय कमिटी सदस्यहरुको बैठक बसे लगत्तै स्थायी कमिटी बैठक बोलाएको छ । एमालेमा आफ्नो समूहको रणनीति तय गर्न स्थायी कमिटी सदस्यहरुसँग नेपाल र झलनाथ खनालले छलफल गर्न लागेका हुन् ।

पुनःस्थापित एमालेको स्थायी कमिटीमा माधव नेपाल पक्षका ११ जना सदस्य छन् । पार्टी एकतापछि रघुजी पन्त र बेदुराम भुसाल नेपाल कोटाबाट थपिएका थिए । पार्टीका सबै कमिटीहरुमा आफ्नो पक्षको बैठक बोलाउने नीति नेपाल पक्षले बनाएको छ ।

पदेन सदस्यसहित नेकपा एमालेमा पार्टी एकताअघि २६ जना सदस्य थिए । तीमध्ये वामदेव गौतम नेकपा विभाजनपछि कतै खुलेका छैनन् । नेपाल समूहमा झलनाथ खनाल, माधव नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, योगेश भेट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र अमृत बोहोरा स्थायी कमिटी सदस्य थिए ।

नेकपा एमालेमै बसेर केपी ओलीविरुद्ध संघर्ष गर्ने र पेल्ने नीति लिएमा समानान्तर कमिटी बनाउने तयारी नेपाल पक्षले गरेको छ । यदि ओलीले पेल्ने नीति जारी राखेमा एमालेबाट अलग हुनुपर्ने परिस्थिति आउने बुधवारको केन्द्रीय सदस्यहरुको भेलामा नेताहरुले बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर