दैलेखको आठबिसमा मिनी बस दुर्घटना, एकको मृत्यु – Nepal Press

दैलेखको आठबिसमा मिनी बस दुर्घटना, एकको मृत्यु

सुर्खेत । दैलेखको आठबिस नगरपालिका -१ स्यालाघाटमा मिनी बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहान करिब ज्ञज११ बजे कालिकोटदेखि सुर्खेत हुँदै नेपालगन्जतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२४७ नम्बरको एसएमएल मिनी बस राजमार्गबाट ६० मिटर तल खसेको हाे ।

गाडी दुर्घटना हुँदा अहिलेको शुभकालिका गाउँपालिका -९ राजुवाडाका अन्दाजी ३७ वर्षका जितेन्द्रबहादुर शाहीको मृत्यु भएको प्रहरी चौकी पाल्तडाका असई नगेन्द्रबहादुर क्षेत्रीले नेपाल प्रेसलाई बताए ।

‘गाडीमा कति जना सवार थिए भन्ने यकिन विवरण आइसकेको छैन । कम्तीमा पनि २० देखि २२ जना यात्रुहरु हुनसक्ने हामीले अनुमान गरेका छौं’ असई क्षेत्रीले नेपाल प्रेससँग भने, ‘दश जना गम्भीर घाइते भएका छन् ।

उनीहरुलाई सुर्खेत तथा जिल्ला अस्पताल दैलेखमा उपचारको लागि पठाएका छौं ।’ गाडीका चालक तथा सहचालक नभेटिएको बताउँदै उनीहरुको खोजी कार्यमा आफूहरु लागिरहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *