पाल्पाको सिद्धबाबा र सुर्खेतको लाटीकोइली शिव मन्दिरमा दर्शनार्थीको भीड – Nepal Press

पाल्पाको सिद्धबाबा र सुर्खेतको लाटीकोइली शिव मन्दिरमा दर्शनार्थीको भीड

नेपालप्रेस ब्यूरो । महाशिवरात्रीको अवसरमा देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

शक्ति पीठका रुपमा रहेको रुपन्देही र पाल्पाको सीमानामा अवस्थित सिद्धबाबा मन्दिरमा विहानैदेखि भक्तजनहरुको भीड लागेको छ । मन्दिर परिषरमा लामो लाइन लागिसकेको छ ।

त्यस्तै सुर्खेतको लाटीकोइली शिव मन्दिरमा पनि विहानैदेखि दर्शनार्थीहरु आएका छन् । वीरेन्द्रनगर नगरपालिका–९ मा अवस्थित लाटीकोइली मन्दिरमा स्थानीय र जिल्ला बाहिरका भक्तजनहरु आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर