एमाले र माओवादी अलग भएको पत्र प्रदेश १ मा दर्ता – Nepal Press

एमाले र माओवादी अलग भएको पत्र प्रदेश १ मा दर्ता

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग पार्टी रहेको निर्वाचन आयोगको पत्र प्रदेशसभा सचिवालयमा आइपुगेको छ ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बुधबार आयोगको पत्र प्राप्त भएको जानकारी दिए ।

‘निर्वाचन आयोगको साविका नेकपा अलग-अलग भएको ब्यहोराको पत्र प्राप्त भएको छ’सचिव पराजुलीले भने‘अब आवश्य कपरामर्शसँगै व्यवस्थापनको काम अगाडि बढ्नेछ ।’

प्रदेशसभाको बैठक चैत २ गते बस्दैछ । यस प्रदेशमा ५१ सिटसहित नेकपा एमाले पहिलो र १६ सिटसहित नेकपा माओवादी केन्द्र तेस्रो हैसियतमा छन् । २१ सिट रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर