हाम्रो माग पूरा भए सरकारमा जाने सोच्‍न सकिन्छ : राजेन्द्र महतो – Nepal Press

हाम्रो माग पूरा भए सरकारमा जाने सोच्‍न सकिन्छ : राजेन्द्र महतो

'हुन्छबहादुर होइन, गर्छुबहादुर चाहियो'

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजेन्द्र महतोले सरकारलाई समर्थन मात्रै गर्न आफूहरूको जन्म नभएको बताएका छन् ।

संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता महतोले सरकारमा जानेभन्दा जसपाको माग पूरा गर्नु महत्वपूर्ण रहेको बताए ।

‘हिजो गोली चलाएर कांग्रेस, एमाले, माओवादीले संविधान जारी गरेको हो । अहिले संविधानमा प्रतिगमन भएकै हो । हाम्रो माग पूरा भएपछि मात्रै सहकार्यको कुरा हुन्छ’, महतोले भने । जसपाले सरकारलाई समर्थन गर्नुपर्ने कुनै बाध्यता रहेको भन्दै महतोले जसपाको गठन सरकारलाई समर्थन गर्न मात्रै नभएको प्रष्ट्याए ।

उनले जसपालाई बारम्बार धोका भएको भन्दै महतोले प्रधानमन्त्री ओलीले पनि विगतमा पनि सहमति गरेर ठगेको बताए । ‘केपी ओलीसँग सहमति गरेर यो सरकारलाई हामीले समर्थन दिएकै हो नि । तर दुईतिहाई हुँदापनि हाम्रो माग पूरा गरिएन । अब पनि यस्तै धोखाधडी चल्दैन’, महतोले भने ।

उनले संविधान संशोधन, रेशम चौधरीको रिहाई नभएसम्म सत्तामा जानेबारे सोच्न नसकिने बताए । ‘अब हुन्छ हुन्छ भनेर मात्रै हुँदैन । गरेर देखाउनुपर्‍यो । हुन्छबहादुर होइन, गर्छुबहादुर चाहियो’, महतोले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर