ओलीले पहल गरे पुनः एकता हुन सक्छ : नारायणकाजी (भिडियो) – Nepal Press

ओलीले पहल गरे पुनः एकता हुन सक्छ : नारायणकाजी (भिडियो)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले तत्काल केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिने मुड बनाएको छैन ।

फेरि पनि एमाले र माओवादीबीच एकता वा सहकार्य भएर सरकारलाई निरन्तरता दिने सम्भावनाका विषयमा बाहिर विभिन्न अड्कलवाजी भइरहेका छन् ।

दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकका निर्णय सुनाउने क्रममा नेता नारायणकाजी श्रेष्ठलाई पत्रकारले फेरि एकताको सम्भावनाबारे सोधेका थिए । श्रेष्ठले यसलाई इन्कार गरेनन् । प्रधानमन्त्री ओलीले राजीनामा दिएर पार्टी एकताको पहल गरे त्यो सम्भव भएको उनको भनाइ छ ।

‘ओलीले राजीनामा दिएर सिंगै पार्टी एकीकरणका लागि वातावरण बनाउने स्थितिमा हामी त्यसको निम्ति पनि तयार हुन्छौं,’ उनले भने, ‘तर, उहाँले राजीनामा दिएको पनि देखिन्न, पार्टी एकीकरणका निम्ति तत्परता देखाएको पनि देखिन्न ।’

पत्रकारको अर्को प्रश्न थियो, ‘तपाईंहरूले अब सरकारको विराध पनि गरिरहने तर समर्थन पनि जारी राख्ने हो ?’ श्रेष्ठले एस वा नोमा उत्तर दिएनन् । उनले भने ‘(समर्थन) फिर्ता लिनको लागि हामीलाई अदालत वा कुनै ज्योतिषिले मिति दिएको छ र ?’

संसदलाई पूरा अवधि काम गर्न दिने कुरालाई एजेण्डा बनाउने बताए । यही संसदले सरकार दिनुपर्ने उनको भनाइ थियो ।

वैठकबारे जानकारी गराउँदै श्रेष्ठले भने, ‘हिजोकै निर्णयअनुसार नेपाली कांग्रेस र जसपासँग भएको वार्ताबारे बैठकमा अध्यक्षले सुनाउनुभयो । आज पनि थप वार्ता गराउने जानकारी गराउनुभएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर