हत्या आरोपमा एमाले नेता बास्कोटा पक्राउ – Nepal Press

हत्या आरोपमा एमाले नेता बास्कोटा पक्राउ

विराटनगर । व्यक्ति हत्या आरोपमा एमाले नेता युवराज बास्कोटा पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका– १० जिरिखिम्तीका सन्दिप भण्डारीको शंकास्पद मृत्युको घटनामा संलग्न भएको आरोपमा प्रहरीले बास्कोटालाई पक्राउ गरेको हो ।

मृतक परिवारले पुस २६ गते ‘कर्तब्य ज्यान’ मुद्दामा नेता बास्कोटाविरूद्ध इलका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए ।

जाहेरीको आधारमा अनुसन्धानको लागि बास्कोटालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । ‘किटानी जाहेरी परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’

बास्कोटाको घरमा मृत फेला परेका भण्डारीको शरीरमा निलडाम र कानमा चोट देखिएको मृतकका परिवारजनले दावी गर्दै आएका छन् ।

भण्डारीको परिवारले बास्कोटालाई पक्राउ गरी निष्पक्ष छानविन र दोषीलाई कडा कारवाही गर्न माग राख्दै आएका छन् ।

गत पुस १४ गते भण्डारीको पथरीशनिश्चरे नगरपालिका– २ मंगलबारेस्थित युवराज बास्कोटाको घरमा मृत भेटिएका शव भेटिएको थियो ।

बास्कोटा एमाले–माओवादी मिलेर बनेको नेकपाका प्रदेश सदस्य थिए । उनी अहिले एमालेतिर छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *