प्रतिनिधिसभा बैठकको कार्यसूची हेरफेर, शोक प्रस्ताव मात्र राखियो – Nepal Press

प्रतिनिधिसभा बैठकको कार्यसूची हेरफेर, शोक प्रस्ताव मात्र राखियो

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा कार्यसूची हेरफेर गरिएको छ ।

संसद सचिवालयले यसअघि राखेको ७ अध्यादेश पेश हुने कार्यसूची हटाएको छ । भने बहालवाला  र पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गरिने भएको छ ।

बैठकमा गत असार १७ यता निधन भएका पूर्व र बहालवाला १४ सांसदको निधनमा शोक प्रस्ताव पेश मात्र राखिएको छ । यसअघि केही अध्यादेश पेश गर्ने कार्यसूची तय गरेको भए पनि अन्तिम समयमा आएर शोक प्रस्ताव पारित गर्ने कार्यसूची मात्रै राखिएको हो ।

संसदको कार्यसूचीमा फेरबदल भएपछि सभास्थल आएका प्रधानमन्त्री केपी शर्मा ओली केही बेरमै बाहिरिएका थिए।

फागुन २३ गते बसेको संसद बैठकमा सरकारको तर्फबाट अध्यादेश पेश गर्न लाग्दा प्रतिपक्षी नेपाली कांग्रेस र खारेजीमा परेको नेकपाका प्रचण्ड-माधवतिरका सांसदहरूले विरोध र बहिष्कार गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर