संसद बैठक सुरु नहुँदै प्रधानमन्त्री बाहिरिए – Nepal Press

संसद बैठक सुरु नहुँदै प्रधानमन्त्री बाहिरिए

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट बाहिरिएका छन् ।
१ बजे सुरु हुने भनिएको बैठकमा ढिलाइ भएपछि प्रधानमन्त्री निस्केका हुन् । करिब १५ मिनेटअघि आएका प्रधानमन्त्री तत्काल बाहिरिनुको कारण खुलेको छैन ।
बाहिर निस्कने क्रममा ओलीले केहीबेर एमाले संसदीय दलका उपनेता नेता सुवास नेम्वाङसँग कुराकानी गरेका थिए । उनले पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिन चाहेनन् ।

उनी हात हल्लाउँदै बाहिरिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *