पुलिसले मेयर-११ लाई दियो २९८ रनको लक्ष्य – Nepal Press

पुलिसले मेयर-११ लाई दियो २९८ रनको लक्ष्य

काठमाडौं । काठमाडौं मेयर कपमा नेपाल पुलिस क्लबले मेयर-११ लाई १९८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४७.४ ओभरमा सबै विकेट गुमाएर १९७ रनको योगफल तयार गरेको हो ।

पुलिसका लागि योगेन्द्रसिंह कार्कीले ५५ बलमा ४ चौकासहित सर्वाधिक ४० रनको योगदान गरे । त्यस्तै आरिफ शेखले २९ बलमा ३ चौका र ३ छक्कासहित ३४ तथा पवन सर्राफले ५१ लबमा २८ रन जोडेका थिए । अन्तिम खेलमा एपीएफविरुद्ध शतक प्रहार गरेका दिपेन्द्रसिंह ऐरी ३८ बलमा २४ रन बनाएर पेभेलियन फर्किँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

मेयर-११ का लागि कप्तान सन्दील लामिछाने, हरिशंकर साह र बिपिन खत्रीले ३/३ तथा अनिल खरेलले १ विकेट लिए ।

पुलिस आजको खेल जित्दै फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ भने मेयर-११ फाइनल प्रवेशको सम्भावना कायम राख्न यो खेल जित्नै पर्ने दबाबमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *