सुनसहित चाँदीको मूल्य पनि उकालो, प्रतितोला ६०० ले बढ्यो सुन – Nepal Press

सुनसहित चाँदीको मूल्य पनि उकालो, प्रतितोला ६०० ले बढ्यो सुन

काठमाडौं । बुधबार नेपाली सुनको मूल्यमा ६०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८६ हजार २०० रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ थियो । यसैगरी, आज तेजाबी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।

चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ थियो ।

विश्व बजारमा सुनको मूल्यमा भएको घटबढले नेपाली बजारमा पनि यसको मूल्यमा उतारचढाव आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर