नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेट: हाम्रो किचन र बलपार्क सेमिफाइनलमा – Nepal Press

नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेट: हाम्रो किचन र बलपार्क सेमिफाइनलमा

काठमाडौं । हाम्रो किचेन क्रिकेट क्लब र बल पार्क एकेडेमी नेपाल पाकिस्तान फ्रेन्डसिप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा मंगलबार लायन क्लबसँग १ विकेटले पराजित भएपनि हाम्रो किचेन सेमिफाइनलमा पुगेको हो ।

हाम्रो किचेन समूह ‘ए’ बाट सेमिफाइनल पुगेको हो । यस समूहबाट आयोजक पाकिस्तान दूतावास र लायम क्रिकेट क्लब बाहिरिएका छन् । यस समूहमा समान २ अंक भएपनि नेट रन रेटका आधारमा हाम्रो किचेन सेमिफाइनल पुग्न सफल भयो ।

टस जितेर ब्याटिङ रोजेको हाम्रो किचेनले २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । हाम्रो किचेनको लागि पवन रोकाले अविजित ४८ रन बनाए । यस्तै आदित सुबेदीले ३२ रन बनाए । लायनको प्रसिद्द श्रेष्ठ र शुभम अग्रवालले समान ३-३ विकेट लिए ।

हाम्रो किचेनले दिएको १ सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लायन क्लबले २० ओभरमा ९ विकेट गुमाउदै १ सय ४३ रन बनाउन सफल रह्यो ।

लायनको जितमा शुभम अग्रवालले सर्वाधिक ३४, अभिनव बस्नेतले ३० र अभिषेक अग्रवालले अविजित २२ रन जोडे । हाम्रो किचेनको लागि क्रिस ऐरले सर्वाधिक ३ विकेट लिए ।

अर्को खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले बालुवाटार क्रिकेट क्लबलाई ४९ रनले पराजित गर्यो । पवन राईको शतकीय इनिङ्स खेल्दै काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले बालुवाटारलाई २ सय १२ रनको लक्ष्य प्रस्तुत गर्यो । काठमाडौंको लागि पवन राईले १ सय १४ रन बनाए भने दुर्गेश थापा २२ रन बनाए ।

२ सय १२ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको बालुवाटार क्रिकेट क्लब १ सय ६२ रनमा जोड्दा अल आउट भयो ।

बालुवाटारको लागि इन्द्र कमल मानन्धरले सर्वाधिक ४० रन बनाए । यस्तै प्रबिन जोशिले २३ रन बनाए ।

काठमाडौंका तुलाराम लामिछानेले ४ तथा सुलभ अलिले २ विकेट लिए ।

समूह ‘बी’ बाट बल पार्क सेमिफाइनल पुग्यो । समान दुई अंक भएपनि बालुवाटार क्रिकेट क्लब र काठमाडौं क्रिकेट एकेडेमी सेन्टर नेट रन रेटका आधारमा प्रतियोगिताबाट बाहिरियो ।

यसअघि प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्य र नेपालका लागि पाकिस्तानी राजदूत सैयद हेदर शाले गरेका थिए ।
समूह ‘ए’ मा पाकिस्तान दूतावास, हाम्रो किचेन क्रिकेट क्लब र लायन क्रिकेट क्लब रहेको छन् । समूह ‘बी’ मा बालुवाटार क्रिकेट क्लब, बल पार्क एकेडेमी र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर रहेका छन् ।

यस्तै समूह ‘सी’ मा आरएस विधापिठ एकेडेमी, ग्रेट हिमालय क्रिकेट एकेडेमी र पुल्चोक इन्जिनियरिङ क्याम्पस (आईओई ) रहेका छन् । समूह ‘डी’ मा एन्जल्स हार्ट एकेडेमी, बासुलिङ क्रिकेट एकेडेमी र स्कुल अफ क्रिकेट रहेका छन् ।

प्रत्येक समूहका बिजेताले सेमिफाइनल प्रवेश गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर