श्री भगवतीसँग ब्वाइज युनियन पराजित – Nepal Press

श्री भगवतीसँग ब्वाइज युनियन पराजित

काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा मंगलबार श्री भगवती क्लबले ब्वाइज युनियन क्लबलाई २-१ गोलको नतिजामा पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको ४०औं मिनेटमा नवराज गुरुङले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको ब्वाइज युनियन ६३औं मिनेटमा टंक बहादुर सिङ्दानले गरेको बराबरी गोलसँगै खेलमा फर्किएको थियो । तर, त्यसको चार मिनेट नबित्दै श्री भगवतीका सब्स्टिच्युट खेलाडी प्रज्वल थापा मगरले गोल गर्दै टोलीका लागि २-१ को जित सनिश्चित गरे ।

जितसँगै जारी सिजनका ११ वटै खेल खेलिसकेको श्री भगवती १५ अंकसहित लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित ब्वाइज युनियन १७ अंकसहित लिग तालिकाको चौथो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *