ओलीलाई बादलसहितका नेताहरूको साथप्रति नारायणकाजीको दाबी : नाफाघाटा हेरेका छैनौं – Nepal Press

ओलीलाई बादलसहितका नेताहरूको साथप्रति नारायणकाजीको दाबी : नाफाघाटा हेरेका छैनौं

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बादललगायतका नेताहरूले प्रधानमन्त्रीलाई साथ दिने कुरालाई पार्टीभित्र नाफा र घाटाको हिसाबको रूपमा नहेरेको दाबी गरेका छन् ।

पेरिसडाँडामा भएको स्थायी कमिटीको बैठकपछि उनले भने, ‘नेकपा निर्माण गर्दा ठूलो अपेक्षा र उद्देश्यसहित एकता गर्‍यौं । सामाजिक न्यायसहितको समृद्ध नेपाल प्राप्त गर्ने अवसरलाई क्षति पुर्‍यो । सांगठानिकरूपमा नाफाघाटा भएको छैन । अविचलित रूपमा अघि बढ्न संकल्प गरेका छौं ।’

अर्का नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रधानमन्त्रीलाई दिएका साथ दिएका आफ्नातिरका मन्त्रीहरूको भविष्य उनीहरूको रोजाइले नै निर्धारण गर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर