बल्खुबाट वन्यजन्तुको आखेटोपहारसहित ४ पक्राउ – Nepal Press

बल्खुबाट वन्यजन्तुको आखेटोपहारसहित ४ पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुबाट संरक्षित वन्यजन्तु चितुवाको १ थान छाला, २ थान हड्डी र ११ थान दाँत सहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बझाङका २४ वर्षीय कृष्णराज उपाध्याय, कैलालीका ३२ वर्षीय लोकेन्द्र बहादुर मल्ल, गोरखाका२० वर्षीय सन्देश बानियाँ र सिन्धुपाल्चोकका १९ वर्षीय सुजन बस्नेत रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा किनबेच गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो ।

साथै उनीहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको उक्त ब्यूरोले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *