नेप्से २३ अंकले घट्यो, कारोबार रकम ५ अर्ब तलै – Nepal Press

नेप्से २३ अंकले घट्यो, कारोबार रकम ५ अर्ब तलै

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्समा २३.२२ अंकले घटेर २४६१.८८ अंकमा बजार बन्द भएको छ ।

त्यस्तै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ४.४७ अंकले घटेर ४४५.२१ अंकको बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

२१० कम्पनीको सेयर कारोबार भएको नेप्सेमा आज १ करोड २४ लाख ८२ हजार ४ सय २८ कित्ता सेयर किनबेचबाट ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

१३ समूहगत परिसूचक मध्ये होटल तथा पर्यटन समूहका कम्पनीहरुको सेयर ६८.११ अंक र जलबिद्युत समूहको ३६.३९ अंकले बढेको छ भने अन्य ११ समूह कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

नीर्जीवन बीमा समूहको कम्पनीको सेयरको मूल्यमा सबैभन्दा धेरै २०१.५६ अंकले घटेको छ । त्यस्तै जीवन बीमा समूहको ११३.७ अंक, उत्पादनमुलक समूहको ८८.७४ प्रतिशत , ब्यापार समूहको ४९.८२ अंक , माइक्रोफाइनान्स समूहको ४७.४६ अंक , बैकिङ्ग समूहको २१.७७ अंक , अन्य समूहको २०.४१ अंकले घटेको छ भने बाँकी समूहको कम्पनीको सेयर मुल्यमा सामान्य गिरावट आएको छ ।

आज कारोवार भएका कम्पनी मध्ये हिमालय उर्जा बिकास कम्पनी , चन्द्रागिरि हिल्स , नेपाल हाइड्रो डेभलपर्स , रैराङ जलविद्युत कम्पनी र युनाइटेड फाइनान्स कम्पनीको सेयर कारोवार सकारात्मक सर्किट नजिक पुगेर बन्द भएका छन् ।

सपोट लघुवित्त कम्पनीका लागानीकर्ताले सबैभन्दा धेरै ५.१८ प्रतिशतले गुमाएका छन् ।

६५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको शिखर इन्स्योरेन्स कम्पनी कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *