एमाले सिध्याउने माधव नेपालको गतिमा अदालतको ब्रेक – Nepal Press
नेपाल चिन्तन

एमाले सिध्याउने माधव नेपालको गतिमा अदालतको ब्रेक

‘प्रचण्ड–माधवको कुण्ठा र प्रतिशोधको राजनीति पत्तासाफ भएको छ’

माधवकुमार नेपालले आफ्नै पार्टीको प्रधानमन्त्रीलाई फालेर, नेकपा (एमाले)लाई धुजाधुजा पार्ने अन्तिम प्रयत्न गरेका भए पनि अन्ततः सर्वाेच्च अदालतले जोगाइदिएको छ । नेपालले जुन दिन प्रधानमन्त्री केपी ओलीलाई प्रचण्डसँग मिलेर फाल्ने निर्णय लिए, त्यही दिनदेखि उनी खराब निर्णयमा हिंडिरहेका थिए ।

खराब निर्णयलाई कार्यान्वयन गर्नुपर्ने जति सबै थोक प्रचण्डसँग मिलेर उनले गरिसकेका छन् । घटनाक्रमले माधव नेपालको खराब निर्णयलाई पत्तासाफ गरिदिएको छ । प्रचण्डसँग लगनगाँठो कसेका उनी निकै गहु्रँगो निर्णय गर्दै एमालेमा फर्किएका छन् ।

असम्भव कार्यको थालनी

एकीकृत पार्टीको दुई अध्यक्ष भएको संगठनात्मक संरचना र विधानका कारण केपी ओली असहमत भएका कुनै पनि विषयमा माधव नेपाल र प्रचण्डले एकल निर्णय गरेर अगाडि जानु भनेको पार्टी विभाजित हुनु नै थियो । ठीक वा बेठीक आफ्नो ठाउँमा थियो, तर आगामी चुनाव र महाधिवेशनसम्म ओलीको एजेण्डामा हिंड्नु माधव नेपाल र प्रचण्डको लागि बाध्यता थियो, जसरी एमालेमा फर्कनु उनको लागि बाध्यता बन्यो । तर त्यो कुरा माधव नेपालले कहिल्यै बुझेनन् । उनी ओलीलाई सम्पूर्ण रूपले ठेगान लगाउनेतिर लागे । जुन कुरा असम्भव जस्तै थियो । शक्तिशाली पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री झिनामसिना एजेण्डाले ठेगान लाग्दैन भन्ने कुरा माधव नेपालले बुझेको भए यति धेरै दुःख पाउने थिएनन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बाहेक ओलीलाई फाल्नुपर्ने उचित कारण माधव नेपालसँग थिएन । राजनीतिमा दीर्घकालीन असरको बारेमा विश्लेषण गरेर अगाडि बढ्नुपर्ने हुन्छ । बहुमतको प्रधानमन्त्रीलाई फाल्ने कुरा सामान्य निर्णय होइन भन्ने कुरा पनि नेपालले कहिल्यै बुझेनन् । प्रचण्डले ओलीलाई फाल्ने मौका कुरेर बसेका थिए, माधव नेपालजस्तो अस्थिर व्यक्ति भेट्टाएपछि मौका गुमाउने कुरा थिएन । प्रचण्डको प्रधानमन्त्री हुने चाहना गलत थिएन, तर प्रधानमन्त्री हुनैको लागि गलत बाटो अपनाउनु चाहिं निश्चय पनि बेठीक थियो ।

ठीक वा बेठीक आफ्नो ठाउँमा थियो, तर आगामी चुनाव र महाधिवेशनसम्म ओलीको एजेण्डामा हिंड्नु माधव नेपाल र प्रचण्डको लागि बाध्यता थियो, जसरी एमालेमा फर्कनु उनको लागि बाध्यता बन्यो । तर त्यो कुरा माधव नेपालले कहिल्यै बुझेनन् । उनी ओलीलाई सम्पूर्ण रूपले ठेगान लगाउनेतिर लागे । जुन कुरा असम्भव जस्तै थियो ।

माधव नेपालले कहिल्यै पनि राजनीतिक दूरदर्शिता देखिने निर्णय गरेका छैनन् । नेपाल कुशल संगठक मानिन्छन्, सादगी पनि छन्, व्यावहारिक पनि होलान्, तर उनी निकै अदूरदर्शी राजनीतिक चेत भएका नेता हुन् । उनले दुई महिनापछिको राजनीतिक घटनाक्रम पनि विश्लेषण गर्ने क्षमता राख्दैनन् भन्ने कुरा विगत तीस वर्षका घटनाक्रमबाट पुष्टि भएको छ ।

इतिहासका धेरै कालखण्डका निर्णायक घडीमा माधवकुमार नेपालले खराब निर्णय लिएका छन् । विगतमा उनले लिएका खराब निर्णयले उनको पार्टी, देश र जनतालाई अप्ठ्यारो पर्ने गरेको थियो भने अहिले उनी आफैं नैतिक संकटमा परेका छन् । उनलाई कसैले पनि नैतिक संकटमा पारेको होइन, आफंै परेका हुन् । नेपालले एक दैनिकसँगको अन्तर्वार्तामा सर्वाेच्च अदालतले आफूलाई मात्रै टार्गेट बनाएको बताएका छन् । वास्तविकता त्यस्तो नभएर उनले बारम्बार गरेका आफ्नै खराब निर्णयका कारण अप्ठ्यारोमा परेका हुन् ।

कमाण्डर बन्ने मौका गुमाएका नेपाल

एउटा शक्तिशाली पार्टीको महासचिव भएर उनी राजनीतिमा भने कहिल्यै अग्रपंक्तिमा देखिएनन् । सधैंभरि अरूको एजेण्डाको पछि लागेरै आफ्नो राजनीतिक जीवन गुजारे । संसदमा २०५१ मा सबैभन्दा ठूलो दल भएपछि मनमोहन अधिकारी प्रधानमन्त्री भए । उनको सरकार ९ महिनामै विघटन भयो । शेरबहादुर देउवाको सरकार ढालेर २०५३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्रबहादुर चन्दलाई अघि लगाइयो । चन्दलाई प्रधानमन्त्री बनाउनु राजनीतिक रूपमा एमाले र माधवकुमार नेपालको आत्मघाती गोल थियो । एउटा कम्युनिष्ट पार्टीले पञ्चलाई अगाडि सार्नु हद दर्जाको अवसरवादिता पनि थियो ।

शेरबहादुर देउवाको सरकार ढालेर २०५३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्रबहादुर चन्दलाई अघि लगाइयो । चन्दलाई प्रधानमन्त्री बनाउनु राजनीतिक रूपमा एमाले र माधवकुमार नेपालको आत्मघाती गोल थियो ।

राजा ज्ञानेन्द्रले प्रतिगमन गरेपछि २०५८ मा कांग्रेस फुटेर गिरिजाप्रसाद कोइरालाको पार्टी सानो भएको थियो । एमालेका शक्तिशाली महासचिवले राजा ज्ञानेन्द्रको निरंकुशता विरुद्ध आन्दोलन हाँक्नुपर्ने थियो । तर उनले आन्दोलन हाँकेनन्, बरु राजाको प्रतिगमन आधा सच्चिएको भन्दै शेरबहादुर देउवाको पछि लागेर दरबार पसे । अन्ततः राजा ज्ञानेन्द्रले देउवासँगै उनलाई गलहत्याइदिए ।

माधव नेपालले आन्दोलन हाँक्ने हैसियत गुमाएकै कारण गिरिजाप्रसाद कोइरालाले त्यो मौका पाए । माधव नेपालले जनआन्दोलनको कमाण्डर बन्ने मौका गुमाए । प्रतिगमन आधा सच्चिएको भन्दै सरकारमा सामेल भएको कारण एमालेको धेरै ठूलो आलोचना भएको थियो । तर माधव नेपाल सच्चिएनन् । उनको राजनीतिक चेत फर्काउनको लागि राजा ज्ञानेन्द्रले गलहत्याउनु प¥यो, जसरी अहिले सर्वाेच्च अदालतले माधव नेपालको लागि विस्मयकारी निर्णय गरिदियो ।

एउटा शक्तिशाली पार्टीको महासचिवले सत्तालोलुपताको कारण जनआन्दोलनको कमाण्डर हुने मौका गुमाउने व्यक्तिले नेतृत्व गरेको पार्टीको राजनीतिक हालत खराब भइसकेको थियो । राजनीतिक वृत्तमा एमालेलाई लिंग नछुट्टिएको पार्टी भनेर चिनाउने माधव नेपाल नै थिए । उनले सधैंभरि ढुलमुले विचार र व्यवहार प्रदर्शन गर्दै आए ।

संविधानसभाको चुनाव २०६४ मा दुई ठाउँबाट हार्दाहार्दै पनि प्रधानमन्त्री बनेर चरम पदलोलुपता प्रदर्शन गरे । अहिले एमाले समूह विभाजन गर्दा पनि उनी अघि लागेर गरेका थिएनन्, प्रचण्डकै पछि लागेर पार्टी विभाजन गरेका थिए । उनी नेतृत्व गर्ने काममा अघि सर्दैनन् भन्ने कुरा यी घटनाक्रमबाट पुष्टि हुन्छ । परिणाम जस्तो आए पनि जुनसुकै कामको लागि पनि नेतृत्व गर्नु महत्वपूर्ण हुन्छ । तर माधवकुमार नेपाल कहिल्यै नेतृत्व गर्दैनन् । तर हरेक अन्तर्वार्ताहरूमा मैले नेतृत्व गरेको हुँ भनेर आत्मप्रशंसा गर्ने गर्दछन् ।

सामान्य अर्थमा माधव नेपाल

माधवकुमार नेपाल देशको राजनीतिमा निश्चित महत्वका व्यक्ति हुन् । उनले गर्ने निर्णयले देशको राजनीतिमा धेरै असर पर्दछ । हेर्दा शालीन देखिए पनि माधवकुमार नेपालले निर्णायक घडीमा बारम्बार खराब निर्णय लिएका छन् । उनले लिएका खराब निर्णयका कारणले देश र जनताले धेरै दुःख पाएका छन् । प्रचण्डसँग मिलेर केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने माधव नेपालको खराब निर्णय थियो । त्यही खराब निर्णयका कारण यतिका समय व्यर्थै भयो ।

नेकपा एमालेको विभाजनले देशको राजनीतिमा ठूलो क्षति हुनेछ भनेर मैले लगातार विश्लेषण गरेको थिएँ । त्यसका केही कारण छन् । कैयौं गुट भए पनि एमाले देशभर प्रभाव भएको संगठित, बुर्जुवा अनुशासनमा रहेको संस्थागत निर्णय प्रक्रियामा सञ्चालन भइरहेको पार्टी हो । माओवादी मिसिएपछि त्यो पार्टीमा पदको लागि भाँडभैलो शुरू भएको थियो ।

हेर्दा शालीन देखिए पनि माधवकुमार नेपालले निर्णायक घडीमा बारम्बार खराब निर्णय लिएका छन् । उनले लिएका खराब निर्णयका कारणले देश र जनताले धेरै दुःख पाएका छन् । प्रचण्डसँग मिलेर केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने माधव नेपालको खराब निर्णय थियो । त्यही खराब निर्णयका कारण यतिका समय व्यर्थै भयो ।

नेकपा (एमाले) सच्चा कम्युनिष्ट पार्टी नभएर सिद्धान्ततः एउटा वामपन्थी पार्टी हो । वामपन्थी पार्टीले धेरै प्रगतिशील चरित्र बोकेको हुन्छ । व्यवहारमा ढुलमुले तरिका अपनाए पनि वामपन्थी पार्टीमा कैयौं यस्ता गुण हुन्छन्, ती सच्चा कम्युनिष्ट पार्टीसँग पनि मेल खान्छन् ।

नेकपा (एमाले)को नेतृत्व झण्डै १५ वर्ष माधवकुमार नेपालले गरेका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओली भए पनि उनी अध्यक्षका प्रत्यासी हुन् । तिनै माधवकुमार नेपालले देशको राजनीतिमा लिएका कैयौं खराब निर्णयहरूको समीक्षा गर्नु उपयुक्त हुन्छ । त्यसले उनको वर्तमानमा कस्तो भूमिका रहन सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।

माधव नेपालका खराब निर्णय

१. गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको महाकाली सन्धिको विरोधमा तत्कालीन एमालेले ठूलो संघर्ष गरेको थियो । तर त्यही एमालेले कांग्रेससँग मिलेर एकीकृत महाकाली सन्धि अनुमोदन ग¥यो । महाकाली सन्धि विरुद्ध संघर्ष गर्दा एमालेको महासचिव मदन भण्डारी थिए भने एकीकृत महाकाली सन्धि अनुमोदन गर्दा माधवकुमार नेपाल एमालेका महासचिव थिए । उनले खराब निर्णय गर्न महाकाली सन्धिबाटै शुरू गरेका थिए ।

महाकाली सन्धि देश र जनताको पक्षमा छैन भन्ने जान्दाजान्दै पनि उनले सन्धिलाई संसदबाट अनुमोदन गरिदिए । परिणाम एमाले विभाजन भयो, उनले एमाले विभाजनलाई रोक्न सकेनन् ।

२. एमालेले ९ महिनाको लोकप्रिय अल्पमतको सरकार चलाएको थियो । अल्पमतको सरकार भएको हुनाले प्रधानमन्त्री मनमोहन अधिकारीका विरुद्ध अविश्वासको प्रस्ताव पारित भयो । कांग्रेसको समर्थनमा सूर्यबहादुर थापा प्रधानमन्त्री बनाइए ।

एमाले सत्ताको खेलबाट अर्काे चुनावसम्म सरकारबाहिर बस्न सकेन । पञ्चायती व्यवस्थाका प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई नेकपा एमालेले काँध हालेर प्रधानमन्त्री बनायो । यो निर्णय गराउने पनि माधवकुमार नेपाल नै थिए । सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीले प्रतिगामी शक्तिलाई काँध थाप्नु सैद्धान्तिक, राजनीतिक कुनै पनि हिसाबले ठीक थिएन । सत्ताको लालसामा माधवकुमार नेपालले त्यही गरिदिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग माधव नेपालको लडाइँ सिद्धान्तहीन थियो भन्ने कुरा उनी आफैंले पुष्टि गरेका छन् । यदि सैद्धान्तिक मतभेद वा विवाद हुन्थ्यो भने अपमानको भारी बोकेर एमालेमा फर्किने थिएनन् । ४० थान सांसद जोगाउनको लागि माधव नेपाल समूह केपी ओली नेतृत्वको एमालेमा फर्किएको छ । सिद्धान्तको लागि ४० थान सांसद गौण कुरा थियो ।

३. राजा ज्ञानेन्द्रले २०५९ असोजमा संसद विघटन गरेका थिए । पाँच दलले विघटनका विरुद्ध आन्दोलन गरेका थिए । राजनीतिक दलका नेताहरूलाई नजरबन्दबाट छोडिएको धेरै भएको थिएन । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसजस्तो राजासँग घाँटी जोडिएको पार्टी पनि राजाको प्रतिगमनका विरुद्धमा थियो भने गणतन्त्रवादी कम्युनिष्ट पार्टी प्रतिगमन आधा सच्चियो भन्दै सरकारमा गयो ।

माधवकुमार नेपाल कांग्रेस, जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र नेपाल सद्भावना पार्टीलाई सडकमा छोडेर राजाकहाँ गए । प्रतिगमन आधा सच्चिएको भन्दै राजाको सरकारमा सामेल हुनु माधव नेपालले गरेको खराब निर्णय थियो । राजनीतिमा त्यत्ति पनि दूरदर्शिता नभएका माधवकुमार नेपाललाई राजनीतिक चेत खुल्न राजा ज्ञानेन्द्रले माघ १९ मा फेरि गलहत्याउनुप¥यो ।

४. केपी ओलीको सरकारलाई ढाल्न खोज्नु माधव नेपालको अर्काे खराब निर्णय थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाउनकै लागि सबै खेल खेलिएका थिए । एकीकृत पार्टी विभाजित भएपछि माधव नेपाल समूह प्रचण्ड समूहतिर लागेको थियो । नेपालको समूह प्रचण्ड समूहतिर मात्रै लागेन कि केपी शर्मा ओलीलाई संसदीय दलको नेता र पार्टी सदस्यताबाटै निकालिदिए । देशको प्रधानमन्त्री र पार्टी अध्यक्षलाई पार्टी सदस्यताबाटै निष्कासन गर्नु सामान्य कुरा थिएन । तर माधव नेपाल त्यही गर्दै थिए ।

सिद्धान्तहीन पुनरागमन

प्रधानमन्त्री केपी शर्मा ओलीसँग माधव नेपालको लडाइँ सिद्धान्तहीन थियो भन्ने कुरा उनी आफैंले पुष्टि गरेका छन् । यदि सैद्धान्तिक मतभेद वा विवाद हुन्थ्यो भने अपमानको भारी बोकेर एमालेमा फर्किने थिएनन् । ४० थान सांसद जोगाउनको लागि माधव नेपाल समूह केपी ओली नेतृत्वको एमालेमा फर्किएको छ । सिद्धान्तको लागि ४० थान सांसद गौण कुरा थियो । माधव नेपालको लागि सिद्धान्त पहिले पनि धेरै पटक गौण कुरा थियो, आज पनि गौण कुरा भएको छ ।

माधव नेपालका अपरिपक्व, अदूरदर्शी र गैरराजनीतिक निर्णयका कारण आज केपी ओलीका सामु आत्मसमर्पण गर्नुपर्ने अवस्था आएको छ । एउटा दूरदर्शी राजनीतिक नेतृत्वले सिद्धान्तमा सम्झौता गर्दैन । तर नेपालले सांसद पदको लागि ओलीसँगै सम्झौता गर्नुपरेको छ । यदि नेपालले ओलीसँग सैद्धान्तिक मतभेद भएका कारण पार्टी अलग गरेर हिंडेका हुने थिए भने उनी आफैंले साधारण सदस्यसमेत नरहने गरी फ्याँकेका व्यक्तिलाई पार्टीको अध्यक्ष मानेर फर्किने थिएनन् । सिद्धान्तहीन झगडाले यहाँ पु¥याएको हो भन्ने कुरा माधव नेपाल, घनश्याम भुसाल र योगेश भट्टराईहरूले बुझेर पनि बुझपचाइरहेका छन् ।

यी सबै घटनाक्रममा केपी शर्मा ओली सम्पूर्ण रूपमा असल छन् भन्न खोजिएको होइन । उनी धेरै हदसम्म पार्टीभित्रको स्वेच्छाचारिताका लागि दोषी छन् । तर त्यसको लागि बेग्लै छलफलको आवश्यकता पर्दछ ।

(पोखरेल नेकपा (मसाल)आबद्ध अनेरास्ववियू छैठौंका अध्यक्ष हुन्)

प्रतिक्रिया

One thought on “एमाले सिध्याउने माधव नेपालको गतिमा अदालतको ब्रेक

  1. सिद्धान्तहीन झगडाले यहाँ पु¥याएको हो भन्ने कुरा माधव नेपाल, घनश्याम भुसाल र योगेश भट्टराईहरूले बुझेर पनि बुझपचाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *