मुस्कानले ग्रहण गरिन् अमेरिकी पुरस्कार, फस्टलेडी र विदेशमन्त्रीको सम्बोधन – Nepal Press

मुस्कानले ग्रहण गरिन् अमेरिकी पुरस्कार, फस्टलेडी र विदेशमन्त्रीको सम्बोधन

काठमाडौं- तेजाब हमलामा परेकी नेपाली किशोरी मुस्कान खातुनले भर्चुअलरुपमै अमेरिका सरकारले प्रदान गरेको पुरस्कार ग्रहण गरेकी छिन् ।

अमेरिकी प्रथम महिला जील बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अन्तराष्ट्रिय साहसी महिला आइडब्लुओसी अवार्ड समारोहलाई आइतबार राती भर्चुअल सम्बोधन गरे ।

खातुनलाई काठमाडौं दुतावासमा राजदूत र्‍यान्डी जे बेरीले पुरस्कार प्रदान गरेका थिए । पुरस्कार ग्रहणपछि आफूलाई थप जिम्मेवारी महसुस भएको र आगामी दिनमा यो क्षेत्रमा काम गर्न हौसला मिलेको प्रतिक्रिया दिइन् ।

यो अवार्ड पाउने खातुन अहिलेसम्मकै कान्छीमध्येकी एक र नेपालबाट पहिलो महिला हुन् । शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलालाई अमेरिकी विदेश मन्त्रालयले १४ वर्षदेखि यो अवार्ड प्रदान गर्दै आएको छ ।

अमेरिकी राजदूत बेरीले मुस्कानले पाएको प्रतिष्ठित पुरस्कारले महिला, बालबालिकाहरुलाई लामो समयदेखि असर पुर्‍याइरहेको डरलाग्दो अभ्यासलाई नेपालले सम्बोधन गरेको र सबैका लागि प्रेरणा भएको धारणा राखे ।

१५ वर्षको उमेरमा किशोरको प्रेम प्रस्ताव अस्वीकार गरेकोमा मुस्कानमाथि डेढवर्षअघि एसिड हमला भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर