त्रित्रुवन आर्मी ८७ रनमा अल आउट, सागरले लिए ५ विकेट – Nepal Press

त्रित्रुवन आर्मी ८७ रनमा अल आउट, सागरले लिए ५ विकेट

काठमाडौं । सागर ढकालको ५ विकेट प्रेरित नेपाल पुलिस क्लबले काठमाडौं मेयर कपमा विभागीय प्रतिद्वन्दी त्रिभुवन आर्मी क्लबलाई ८७ रनमा अल आउट गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले ३०.१ ओभरमा सबै विकेट गुमाएर ८७ रनको योगफल तयार गरेको हो । सुरुआतदेखि नै सम्हालिन नसकेको आर्मीका लागि ८ जना ब्याट्सम्यानले १० रनको आँकडा पार गर्न सकेनन् ।

आर्मीका लागि लोकेश बमले २४ बलमा सर्वाधिक ३२ तथा बिक्रम शोबले ३४ बलमा १४ रनबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

पुलिसका लागि किफायती बलिङ गरेका सागरले १० ओभरमा ४० रन खर्चेर २ मेडनसहित ५ विकेट लिए । त्यस्तै, पवन सर्राफले ३ र ललित नारायण राजवंशीले २ विकेट लिए ।

पहिलो खेलमा वाग्मती प्रदेशविरुद्ध २ रनको जित हासिल गरेको नेपाल पुलिस क्लब दोस्रो खेलमा नेपाल एपीएफ क्लबसँग १ विकेटले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *