मन्त्रिपरिषद बैठक बस्दै, एमाले सचिवालय बैठक स्थगित – Nepal Press

मन्त्रिपरिषद बैठक बस्दै, एमाले सचिवालय बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । नियमित एजेण्डा बाहेक अन्य विषय थाहा नभएको मन्त्रीहरुले बताएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीले माओवादी केन्द्रका नेता समेत रहेका मन्त्रीहरुसँग छलफल गरेका थिए । उनीहरुले ओलीलाई नै साथ दिने बताइसकेका छन् ।

यसैबीच नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आजै ४ बजे बस्ने भनेर छलफल भए पनि सोही समयमा मन्त्रिपरिषद बैठक समेत परेकाले स्थगित भएको छ ।

महासचिव ईश्वर पोखरेल नेतृत्वको सचिवालय बैठक चाँडै बसेर पार्टी कार्यालय सन्चालन तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *