सांसद शर्माको स्पष्टीकरण– केही नेताले मेरो नाममा राजनीति गरे, ओली पक्षमै छु – Nepal Press

सांसद शर्माको स्पष्टीकरण– केही नेताले मेरो नाममा राजनीति गरे, ओली पक्षमै छु

काठमाडौं । पुनःस्थापित नेकपा एमालेकी सांसद बिष्णु शर्माले आफू प्रधानमन्त्री केपी शर्मा ओलीकै पक्षमा रहेको भन्दै यसबीचमा प्रचण्ड–माधव समूहमा लागेको भनी चरित्रहत्या गरिएको भन्दै वक्तव्य निकालेकी छन् ।

दाङबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक सांंसद रहेकी शर्माले प्रेस विज्ञप्तिमार्फत आफू राजनीतिमा लागेदेखिनै मूल नेतृत्वको पक्षमा रहेको र संसदमा आफ्नो पक्ष बलियो देखाउन आफूलाई ओलीविरोधी पक्षमा लागेको भनेर चरित्रहत्या गरेको बताएकी छन् ।

उनले भनेकी छन्, ‘म केपी शर्मा ओलीले नेतृत्व गरेको मुल पार्टीमै रहेकाले भ्रममा नपर्न सबैमा आग्रह गर्दछु । मलाई नसोधी केही नेताहरुले मेरो नाममा राजनीति गर्दै सन्चारमाध्यमको आडमा चरित्रहत्या गरेको पाइयो । अदालतको पछिल्लो निर्णयले म अत्यन्तै उत्साहित भएको छु ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर