मणि थापा भन्छन्- प्रचण्डको कारबाही उतैको कुरा हो, हामी एमाले भयौं – Nepal Press

मणि थापा भन्छन्- प्रचण्डको कारबाही उतैको कुरा हो, हामी एमाले भयौं

काठमाडौं । पुनःस्थापित नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका खानेपानीमन्त्री मणि थापाले आफूहरु राजनीतिक निर्णयबाट केपी ओलीसँग हिडेकाले अदालतको फैसलाले प्रभाव नपार्ने प्रतिक्रिया दिएका छन् ।

नेपालप्रेससँग कुरा गर्दै थापाले अदालतको फैसालको सम्मान गर्ने तर राजनीतिक निर्णयबाट अघि बढ्ने बताए । उनले अदालतको फैसलाले कम्युनिस्ट आन्दोलनलाई सही ढंगले अघि बढाउन मौका दिएको समेत टिप्पणी गरे ।

उनले भने–अदालतको फैसला आफ्नो ठाउँमा छ । राजनीतिक निर्णय मुख्य कुरा हुन्छ । हामी अदालतको कुरा मान्छौं र केपी ओलीलाई साथ दिदै उहाँकै नेतृत्वमा रहेको नेकपा एमाले भयौं अब भन्नुस ।

सांसद रहेकाहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कारबाही गर्लान् नि ? भन्ने नेपालप्रेसको प्रश्नमा थापाले कारबाहीको विषय प्राविधिक भएकाले त्यस्ता कुराले प्रभाव नपार्ने बताए ।

थापाले भने–सांसदहरुलाई कारबाहीको कुरा त उहाँहरुको आफ्नो  विषय हो । क- कसलाई गर्नुहुन्छ त्यो मतलब भएन । हामी बिचारका आधारमा केपी ओलीसँग लागेका हौं,पदका लागि होइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर