एक लाख ऋणले बनायो ११ होटलको मालिक – Nepal Press

एक लाख ऋणले बनायो ११ होटलको मालिक

काठमाडौं । एक लाख रुपैयाँ ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल तथा रेष्टुराँको मालिक बनेका छन् ।

नेपालमै व्यवसाय गर्छुभन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै उनले १५ वर्ष अघि आफन्तसँग एक लाख रुपैयाँ ऋण लिएका थिए । गुल्मीका शङ्कर भण्डारीको नेतृत्वमा अहिले ११ होटल र रेष्टुराँ छन् ।

विसं २०३९ मा गुल्मीको तत्कालीन रुपकोटमा जन्मिएका भण्डारीले विसं २०५९ मा आफन्तसँग ऋण लिएर साझेदारीमा काठमाडौँको सुन्धारामा होटल शुरु गरेका थिए ।

होटलसँगै उनले किराना पसल पनि थाले । किराना पसल शुरु गर्दा उनीसँग ५० हजार रुपैयाँ मात्रै थियो । पसल निकै राम्ररी चलेको र मुनफा धेरै भएको उनले बताए ।

त्यसपछि उनले निरन्तर होटल व्यवसायलाई फैलाउँदै लगे । होटल शुरुआती अवस्थाको दुःख सम्झँदै उनी भन्छन् ‘पैसा नभएपछि २० कोठे घरको चार कोठा मात्रै तयार पारेर होटल शुरु गरेँ ।’

क्रमशः किराना र होटलको कमाइले उक्त होटल एक वर्ष लगाएर पूर्ण क्षमतामा सञ्चालन गरे । निरन्तर मिहिनेतले होटल व्यवसायले फड्को मार्दै गयो ।

उनले त्यसपछि लगातार होटल थप्दै गए । होटलपछि उनले रेष्टुराँमा पनि हात हाले । त्यससँगै उनले सुन्धारामा पे्रसिडेन्ट सेकुवा  समेत शुरु गरेका छन् ।

अहिले उनीसँग  विभिन्न ठाउँमा ११ ओटा होटल छन् । अहिले उनको होटल तथा रेष्टुरामा २५० जनाले रोजगारी पाएका छन् ।  उनको होटल तथा रेष्टुरा व्यवासयमा करडौको लागनी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर