आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै – Nepal Press

आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

काठमाडौं । आज १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष मार्च ८ तारिखका दिन मनाइने नारी दिवसमा यस वर्षको विश्वव्यापी नारा ‘चुनौतीलाई स्वीकार गर’ रहेको छ । नेपालमा चाहिं ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार भन्ने नाराका साथ महिला दिवस मनाइँदैछ ।

सन् १९११ मार्च ८ का दिन नारी आन्दोलनकी अभियन्ता क्लारा जेटकिनले महिला कामदारमाथिको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको सम्झनामा महिला दिवस मनाउन थालिएको हो ।

अमेरिकाको सोललिस्ट पार्टीले सन् १९०९को फेब्रुअरी २८ मा महिला दिवस मनाएको थियो । युरोपका केही देशहरुले सन् १९११ मा मार्च १९ का दिन महिला दिवस मनाए । सन् १९१३ देखि मात्रै मार्च ८ कै दिन विश्वव्यापी रुपमा मनाउन थालिएको हो ।

महिला दिवसमा संसारभरका महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिको स्मरण तथा विश्लेषण गरिन्छ । महिला दिवसको मुख्य उद्देश्य सशक्तीकरण र लैंगिक असमानता हटाउनु हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *