पुनर्कर्जा कार्यविधि संशोधन : साना जलविद्युतले ३ प्रतिशत ब्याजमा ऋण पाउने – Nepal Press

पुनर्कर्जा कार्यविधि संशोधन : साना जलविद्युतले ३ प्रतिशत ब्याजमा ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘पुनर्कर्जा कार्यविधि २०७७’ को पहिलो संशोधन गरेको छ । आइतबार राष्ट्र बैंकले ‘पुनर्कर्जा कार्यविधि २०७७’ संशोधन गर्दै १० मेगावटभन्दा साना जलविद्युत आयोजनालाई प्रदान गरिएको कर्जालाई विशेष पुनर्कर्जा शीर्षकमा राखेको छ ।

सरकारले बजेटमार्फत कोभिडका कारण प्रभावित उद्योगहरुलाई करीव २ खर्ब हाराहारीको पुनर्कर्जा दिने व्यवस्था गरेपछि गत साउन ६ गते नेपाल राष्ट्र बैंकले पुनर्कर्जा सम्वन्धि कार्यविधि ल्याएको थियो ।

उक्त कार्यबिधिको परिछेद ४ को बुँदा नम्बर १२ को २ मा बिषेश पुनर्कर्जा सम्वन्धी व्यवस्थामा यसअघि ५ प्रकारका अतिप्रभावित उद्योग व्यवसायलाई बिषेश पुनर्कर्जा दिने व्यवस्था गरेको थियो ।

उक्त व्यवस्थामा नेपाल राष्ट्र बैंकले अर्को बुँदा थप गर्दै १० मेगावटभन्दा साना जलविद्युत आयोजनालाई प्रदान गरिएको पुनर्कर्जालाई समेत बिषेश पुनर्कर्जा भित्र समावेश गरेको हो।

उक्त पुनर्कर्जा नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थालाई १ प्रतिशतमा र बैंकहरुले ऋणीलाई ३ प्रतिशतमा उपलव्ध गराउने कार्यविधिमा उल्लेख गरिएको छ ।

उक्त कार्यवधिको पहिलो संशोधनमा नेपाल राष्ट्र बैंकका गर्भनरले जुनसुकै समयमा पनि पुनर्कर्जा सीमाका सुविधाहरु हेरफेर गर्न सक्ने व्यवस्था समेत गरेको छ ।

जसमा ५ करोडदेखी २० करोडसम्म इजाजत प्राप्त संस्थाहरुलाई बैंक तथा वित्तीय संस्थाले पुनर्कर्जा दिन सक्ने व्यवस्था गरिएको छ ।

जसमा ५ करोड पुनर्कर्जा वितरण गर्दा बैंक तथा बित्तीय संस्थाले प्रदान गर्ने कुल पुनर्कर्जाको ७० प्रतिशतभन्दा बढी दिन नपाउने र २० करोडसम्म दिंदा कुल पुनर्कर्जाको २० प्रतिशतसम्म हुनेपर्ने कार्यविधिमा उल्लेख छ ।

त्यस्तै ‘घ’ वर्गका लघुवित्त कम्पनीहरुलाई १० प्रतिशतभन्दा बढी पुनर्कर्जा दिन नपाइने लगायतका सुविधालाई संसोधित कार्यविधि अनुसार गभर्नरले परिवर्तन गर्न सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर