योगेश भट्टराईको प्रतिक्रिया – फैसला स्वभाविक, बदला र प्रतिशोधको भावना लिनु हुँदैन – Nepal Press

योगेश भट्टराईको प्रतिक्रिया – फैसला स्वभाविक, बदला र प्रतिशोधको भावना लिनु हुँदैन

काठमाडौं । साबिक नेकपा एमालेको माधव नेपाल पक्षले सर्वोच्च अदालतको फैसलापछि पनि नेकपा एकताको आवश्यकता औंल्याएको छ । विगतको अनुभवबाट पाठ सिकेर नयाँ ढंगले एकता हुनसक्ने साबिक एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

भट्टराईले प्रतिशोध र बदलाको भावना होइन संयम र धैर्यका साथ अघि बढ्न नेतृत्वलाई आग्रह आग्रह गरेका छन् । उनले फैसलालाई आफूले स्वभाविक रूपमा लिएको प्रतिक्रिया दिए ।

नेपाल प्रेससँग कुरा गर्दै भट्टराईले भने, ‘तीन वर्षका कमिकमजोरीबाट शिक्षा लिनुपर्छ । हार र जितको मानसिकताबाट हामी कोही पनि जानु हुँदैन । त्यसो भयो भने कम्युनिष्‍ट आन्दोलनका निम्ति घातक हुन्छ । बदला र प्रतिशोधको राजनीतिले फाइदा गर्दैन ।’

फेरि एमाले र माओवादी एकीकरणबारे नेतृत्वले ठण्डा दिमागले सोचेर जानुपर्ने बताउँदै भट्टराईले सकेसम्म कम्युनिष्‍ट पार्टीहरूबीचकै सहमतिमा सरकार बनाउने कोसिस गर्नुपर्ने बताए ।


प्रतिक्रिया

3 thoughts on “योगेश भट्टराईको प्रतिक्रिया – फैसला स्वभाविक, बदला र प्रतिशोधको भावना लिनु हुँदैन

  1. कुनै हालतमा नेकपा एमाले र माओवादी केन्द्र एकता गर्नु हुन्दैन कमरेड !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर