साबिक एमालेको प्रतिक्रिया- फैसलाले सही ठाउँमा पुर्‍यायो – Nepal Press

साबिक एमालेको प्रतिक्रिया- फैसलाले सही ठाउँमा पुर्‍यायो

अब माओवादीसँग एकता गर्ने हो भने नयाँ आधार खोज्नुपर्छ

काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएर एमाले माओवादी ब्युँताइदिएलगत्तै साबिक एमालेले यसलाई स्वागत गरेको छ ।

केपी ओली नेतृत्वको नेकपाका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्चको फैसलाले नेकपाको जारी विवादलाई सकारात्मक ढंगले समधान गर्न मद्दत पुगेको प्रतिक्रिया दिएका छन् ।

नेपाल प्रेस सँग कुरा गर्दै ज्ञवालीले भने, ‘फैसलाले हामीलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काइदिएको छ । अब एकता गर्ने हो भने नयाँ आधारबाट शुरू हुनुपर्छ । पुरानो एकताले कम्युनिष्‍ट आन्दोलनलाई अघि बढाउन सकेन । यो फैसलाले सकारात्मक निकास दिएको छ ।’

ज्ञवालीले अब माओवादीसँग पुनः एकता गर्ने हो भने राजनीतिक, वैचारिक, संगठनात्मक र नेतृत्वका सबै विषयमा नयाँ ढंगले छलफल गर्नुपर्ने हुन्छ । यो फैसलाले हामीलाई सही ठाउँमा पुर्‍याएको छ । अरु कुरा विस्तृत फैसला हेरेपछि मात्र भन्छौं ।’


प्रतिक्रिया

One thought on “साबिक एमालेको प्रतिक्रिया- फैसलाले सही ठाउँमा पुर्‍यायो

  1. Party ko future adalat ko hatma dinu aafaima lajjaspad hunuparne ho netaharuko lagi. Party leadership ko accountability vanne kehi hudaina? Nepal jasto corrupt country ma adalat ko decision matra game plan hoina vanne k guarantee chh?
    Netalai god or evil manne party cadre is a big problem now.
    Aagra purbagraha tyagera desh ra janatako hitma ubina sakne sachcha desbhakta party cadre haru party lai matra navayara deshko vabisyakolagi aabadyak chh.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर