नारायणगढ–मुग्लिन सडक एक हप्ताका लागि दिउँसो बन्द गरिने – Nepal Press

नारायणगढ–मुग्लिन सडक एक हप्ताका लागि दिउँसो बन्द गरिने

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार आइतबारदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो ।

आगामी बर्षायामलाई मध्यनजर गर्दै पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि सडक दिउँसो बन्द गर्न लागिएको हो ।

सडक बिहान १०ः३० देखि ३ः०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजकले बताएको छ ।

सडकसण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजकको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर