खुमलटार पराजित हुँदा सातदोबाटो ‘ए’ डिभिजन लिगमा बढुवा – Nepal Press

खुमलटार पराजित हुँदा सातदोबाटो ‘ए’ डिभिजन लिगमा बढुवा

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा शनिबार खुमलटार युथ क्बल श्री भगवती क्लबसँग पराजित भएसँगै सातदोबाटो युथ क्लब दुई खेल अगावै ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ ।

जारी सिजनका दुई खेल बाँकी रहँदा सातदोबाटोको २५ अंक छ । आगामी खेलमा खुमलटारले जित हासिल गर्दा सातदोबाटोसँग अंक बराबरी गरे पनि हेड टू हेडका आधारमा पछाडि नै रहने छ ।

एन्फा कम्प्लेक्समा भएको खेलको २६औं मिनेटमा सबिन केसीले गरेको गोलसँगै खुमलटारले सुखद् सुरुआत गरेको थियो । तर, ४०औं मिनेटमा दोना थापाले गरेको गोलसँगै भगवतीले बराबरी गरेको थियो ।

निर्धारित ९० मिनेटको खेल सकिन ६ मिनेट बाँकी रहँदा आशिष श्रेष्ठले गरेको गोलसँगै श्री भगवतीले जित सुनिश्चित गरेको थियो ।

जितसँगै श्री भगवती १० खेलबाट १२ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर