जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा ढुंगाले किचेर दुई मजदुरको मृत्यु – Nepal Press

जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा ढुंगाले किचेर दुई मजदुरको मृत्यु

विराटनगर- ताप्लेजुङमा निर्माणधिन मध्यतमोर जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा दुई मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार सुरुङ खन्ने क्रममा ढुंगाले लागेर शनिबार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा उदयपुरका २२ वर्षका अमर विश्वकर्मा र भोजपुरका २८ बर्षिय सन्तोष बानियाँ रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मृतक दुबैको शव निकालिएको छ । सुरुङभित्र पसेका अरु सकुशल छन् ।

मिक्वाखोला गाउँपालिका २ खोक्लिङको थुम्वाबाट फक्ताङलुङ गाउँपालिका १ सावादिनतर्फ सुरुङ खन्ने क्रम माथिबाट ढुंगा खसेको थियो । ७३ मेगावाट क्षमताको यो आयोजना २०७४ सालबाट निर्माण सुरु भएको हो । २०७८ मा निर्माण सम्पन्न हुने आयोजनाको सुरुङमार्ग ३ हजार ३ सय ६७ मिटर निर्माण गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *