नेपाली ‘टिकटक स्टार’ प्रभावशाली सूचीमा, अष्ट्रेलियाली प्रधानमन्त्री र हलिउड अभिनेता पनि अटाए – Nepal Press

नेपाली ‘टिकटक स्टार’ प्रभावशाली सूचीमा, अष्ट्रेलियाली प्रधानमन्त्री र हलिउड अभिनेता पनि अटाए

काठमाडौं- इन्टरनेटमा नेपाली सहभागिता प्रभावशाली बन्दै गएको छ । सामाजिक संजाल लोकप्रियता मापन गर्ने सूचक बन्न थालेका छन् ।

हलिउडमा गत वर्ष नेपाली तन्नेरी अभिनव बस्ताकोटी टिकटक प्लेटफर्मको माध्यमबाट रातारात सेलेव्रिटी बने । बेलायती र अमेरिकी अखबारले उनको बारेमा फिचर्ड गर्दै उनको प्रसिद्धिको व्याख्या गरे ।

यो मेसोमा थपिएका छन् अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने नेपाली तन्नेरी विजय बानियाँ (बिज्जु) । प्रतिष्ठित अष्ट्रेलियाली अखबार डेली टेलिग्राफले बानियाँलाई प्रभावशाली सय व्यक्तित्वको सूचीमा समावेश गरेको छ । उनी ५४औं स्थानमा छन् ।

सूचीमा अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसन र अष्ट्रेलियाली मूलका हलिउड अभिनेताहरु क्रिस हेम्सवर्थ र ह्युग ज्याकम्यान समेत छन् । बानियाँलाई टिकटकमा ९६ लाखले पछ्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर