हतियारसहितको विप्लव शान्ति प्रक्रियामा सामेल भए भन्नुले अर्थ राख्दैन : योगेश भट्टराई – Nepal Press

हतियारसहितको विप्लव शान्ति प्रक्रियामा सामेल भए भन्नुले अर्थ राख्दैन : योगेश भट्टराई

विराटनगर । नेकपाको प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले हतियार बोकेर नेत्रविक्रम चन्द नेतृत्वको नेकपा शान्ति प्रक्रियामा आउन नसक्ने बताएका छन् । उनले सरकार र विप्लवबीचको सहमतिमा हतियार र लडाकुबारे नखुलाएको भन्दै यस्तो अवस्थामा विप्लव शान्ति प्रक्रियामा आएको भन्ने कुराले अर्थ नराख्ने बताए ।

यद्यपि,  नेता भट्टराईले सरकार र विप्लबीचको सहमतिलाई राजनीतिक हिसाबमा स्वागतयोग्य भनेका छन् । विराटनगरमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा नेता भट्टराईले भने, ‘सरकार र विप्लवबीचको वार्ताको माध्यमबाट हिंसात्मक गतिविधि गर्दै आएको विप्लव मूलधारको शान्ति प्रक्रियामा आउनु राजनैतिक रुपमा स्वागतयोग्य कुरा हो। तर हतियार र लडाकुको व्यवस्थापनका बारेमा लुकाइनुले सरकार र विप्लवको वार्ता र सहमतिमा जालसाझी र गोप्य लेनदेन भएको आशंका उब्जिाइएदिएको छ ।’

वार्ता र सहमतिमा धेरै आशंका गर्ने ठाउँ उब्जिाइदिएको दाबी गदै भोलिका दिनमा दुवै पक्षको गर्ने व्यवहार र प्रक्रियाबाट सबै कुरा हल हुँदै जाने पनि उनले बताए ।

सशस्त्र जनयुद्ध गरेको तत्कालीन माओवादी शान्ति प्रक्रियामा आउँदा हतियार र लडाकुको व्यवस्थापन पनि टुगिंएको स्मरण गदै नेता भट्टराईले सरकार र विप्लवबीच भएको सहमतिमा हतियार र लडाकुका बारेमा प्रष्टसँग नखुलाइएकाले त्यसलाई छिटो टु‌ग्याउनु पर्नेमा समेत जोड दिए।

उनले सरकार र विप्लववीचको सहमतिमा प्रधानमन्त्री ओली र विप्लवबीचको आ-आफनो स्वार्थले भएको हुनसक्नेप्रति पनि आशंका गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर