अब मुलुक हिंसामुक्त भयो : सञ्चारमन्त्री गुरुङ – Nepal Press

अब मुलुक हिंसामुक्त भयो : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले मुलुक हिंसामुक्त भएको बताएका छन् ।

मन्त्री गुरुङले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूह हिंसात्मक गतिविधि परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आएसँगै मुलुक हिंसामुक्त भएको बताएका हुन् ।

दोलखा दिदीबहिनी समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अब मुलुकमा पूर्ण रुपमा शान्ति आएको उल्लेख गर्दै समृद्धि र विकासको अभियानले तीव्रता पाउने विश्वास समेत व्यक्त गरे । ‘विप्लव समूहलाई लामो समयको प्रयासपछि हिंसात्मक गतिविधि परित्याग गरेर शान्तिपूर्ण राजनीतिक यात्रामा ल्याउन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सफल हुनुुभएको छ’ मन्त्री गुरुङले भने, ‘अब मुलुकमा लगानीका लागि उपयुक्त वातावरण बनेकाले समृद्धिको अभियानले तीव्रता पाउनेछ ।’

कार्यक्रममा मन्त्री गुरुङले दोलखामा जन्मिएर राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर