रिहाइपछि धर्मेन्द्रले भने- देशको समस्या समाधान गर्न अघि बढ्छौं, सफल पनि हुनेछौं (भिडियो) – Nepal Press

रिहाइपछि धर्मेन्द्रले भने- देशको समस्या समाधान गर्न अघि बढ्छौं, सफल पनि हुनेछौं (भिडियो)

काठमाडौं । विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले राजनीतिक निकासको लागि पहल गर्ने सबैप्रति आभार जनाएका छन् ।

शुक्रवार काभ्रेबाट रिहा भएका बास्तोलाले राजनीतिक समस्यालाई राजनीतिक ढंगबाटै हल गर्ने कुरा आफ्‍नो पार्टीले पहिलेदेखि नै गर्दै आएको प्रतिक्रिया दिए ।

सरकारले पनि राजनीतिक तरिकाले नै समस्या समाधान गरौं भनेर अघि बढे भन्दै बास्तोलाले रिहाइ तथा वार्ता सफल पार्न सहयोगी भूमिका निभाउने सबैलाई धन्यवाद दिएका छन् ।

‘यो देशको समस्या समाधान गर्न हामी अघि बढ्छौं र सफल पनि हुनेछौं’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर